|

आज दिन र रात बराबर


काठमाडौ, चैत्र ८ - यस्तो संयोग विरलै हुन्छ, जुन बुधबार हुँदैछ । अर्थात् बुधबार दिन र रात बराबर समयको हुनेछ । १२ घन्टाको दिन र १२ घन्टाको रात । यसपछि भने क्रमशः दिनको समयावधि बढ्नेछ भने रातको घट्ने छ ।
'बुधबारदेखि नै विस्तारै दिन लामो हुन थाल्छ र रात छोटो हुन क्रम सुरु हुन्छ,' त्रिवि, भूगोल केन्द्रीय विभागका प्रा.डा. पदमचन्द्र पौडेलले भने, 'दिन लामो हुने क्रम आगामी २१ जुनसम्म जारी रहने छ ।' उनका अनुसार पृथ्वी आफ्नो कक्षमा साढे ६६ डिग्री ढल्केको छ । यस्तै पृथ्वी अन्डाकार परिक्रमा मार्गबाट सूर्यलाई परिक्रमा गर्छ । 'यसैले ऋतु परिवर्तन, दिनरातको समयावधि कम-बढी हुने गरेको हो,' उनले भने । 
२१ जुनमा भने सबैभन्दा लामो दिन र सबैभन्दा छोटो रात हुनेछ । यसपछि पुनः दिनको समयावधि कम हुँदै पुनः २३ सेप्टेम्बरमा आज -बुधबार) जस्तै दिन र रातको समयावधि बराबर हुनेछ । पौडेलका अनुसार सूर्य भूमध्य रेखामा २१ मार्चमा सीधा रहने भएकाले दुवै गोलार्द्धमा दिन र रातको समयावधि बराबर हुन्छ । यसपछि सूर्य कर्कट रेखातिर बढ्दै जान्छ । २३ सेप्टेम्बरमा पुनः दिनरात बराबर र २२ डिसेम्बरमा सबैभन्दा सानो दिन हुन्छ । २२ डिसेम्बरमा दिन साढे १० घन्टा र रात साढे १३ घन्टाको हुन्छ । वर्षभरिमा २३ सेप्टेम्बर र २१ मार्च वर्षमा दुई पटक दिन र रात बराबर समयावधिको हुन्छ । 
साभार :कान्तिपुर 

Posted by Butwalonline on 5:00 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आज दिन र रात बराबर"

Leave a reply