आगलागीमा परी २ जनाको मृत्यु,३ वटा घर जलेर नष्ट
ताप्लेजुङ चैत ८ - ताप्लेजुङको दोखु ४ मा रहेको धुसेनी जंगलमा लागेको आगो मंगलबार अपरान्ह दोखु २ को बस्ती तर्फ प्रवेश गर्दा डढेलोमा परी हराइरहेका एकजनाको शव फेला परेको छ। यो सँगै आगलागीमा परी मृत्यु हुनेको संख्या २ पुगेको भने ३ वटा घर जलेर नष्ट भएका छन्।
मृत्यु हुनेमा दोखु २ का बुद्धिमाया मगर तथा उनकै श्रीमान् धनभक्त मगररहेको ताप्लेजुङ प्रहरीले जनाएको छ। आगलागीमा बेपत्ता भएका बुद्धिमायाका श्रीमान धनभक्तको शव बुधबार बिहान २ बजे फेला परको स्थानीय दिवाकर पौडेलले जानकारी दिएका छन्। प्रहरी नायव उपरीक्षक केदार ढकालका अनुसार आगलागीमा परी ८ बाख्रा समेत मरेका छन्। यो आगलागीबाट करिब १८ लाख ५४ हजार रुपियाँ बराबरको क्षति भएको पनि प्रहरी नायव उपरीक्षक ढकालले बताए। धुसेनी जंगलमा सोमबारबाट आगेको आगो नियन्त्रणमा बाहिर गई बस्तीतर्फ प्रवेश गरेको थियो।सामान बचाउन घरमा छिरेका दम्पति क्रमश धनभक्त तथा बुद्धिमायांको ज्यान गएको हो। सामान निकाल्दै गर्दा आगोको लप्काले भेटेपछि उनीहरुको जलेर मृत्यु भएको स्थानीय सौगात पौडेलले जानकारी दिए। आगोले मृतक दम्पति तथा उनकै २ भाइ छोराको घर समेत जलेर नष्ट भएको छ।
स्रोत :नागरिक