|

विदेशी महिला तीन महिनादेखि तपस्वीको बन्धक


निजगढ , चैत्र १३ - तपस्वी रामबहादुर बम्जनको संरक्षामा सक्रिय बोधी श्रवण धर्म संघले एक विदेशी महिलालाई तीन महिनादेखि बन्धक बनाएको खुलासा भएको छ ।
बाराको रतनपुरी गाविसको हलखोरिया जंगलमा सात बर्षदेखि तपस्यारत भनिएका बम्जनका सहयोगीले स्लोभागियाकी युवती मारिचीलाई तीन महिनादेखि सिमराको लामा होटलमा बन्धक बनाएको खुलासा भएको छ । बम्जनको तपस्या भंग गर्न टुनामुना गर्न खोजेको भन्दै संघले स्लोभागियाकी युवती मारिचीलाई बन्धक बनाएका हुन् ।
मारिचीसहित सिन्धुपाल्चोक घर भएकी माता (आनी) नामकी महिलालाई बेपत्ता बनाएको स्रोतले बताएको छ । विदेशी महिला बन्धक भएको खबरकान्तिपुर र द काठमाण्डू पोस्टमा प्रकाशित भएपछि प्रहरीले खोजवीन गर्दा होटलमा भेटिएकी हुन् । प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ ।
स्रोत :कान्तिपुर 

Posted by Butwalonline on 8:21 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "विदेशी महिला तीन महिनादेखि तपस्वीको बन्धक"

Leave a reply