भिरबाट लडेर जाजरकोटमा एक युवतीको मृत्यु
रुकुम, चैत १३- भिरबाट लडेर जाजरकोटमा एक युवतीको मृत्यु भएको छ। मजकोट गाविस-७ कार्कीगाउँकी २२ वर्षीया विर्मी टमटाको स्थानीय भासीका भिरबाट लडेर मृत्यु भएको हो।
स्थानीय वनमा स्याउला लिन जाँदै गरेकी टमटा आफैँले बोकेको डोकाले धकेलेपछि लडेको प्रहरीले बताएको छ। करिब दुई सय मिटर तल खसेकी टमटालाई उपचारका लागि स्वास्थ्य संस्थामा लैजाने क्रममा बाटामै मृत्यु भएको हो।
स्थानीय वनमा स्याउला लिन जाँदै गरेकी टमटा आफैँले बोकेको डोकाले धकेलेपछि लडेको प्रहरीले बताएको छ। करिब दुई सय मिटर तल खसेकी टमटालाई उपचारका लागि स्वास्थ्य संस्थामा लैजाने क्रममा बाटामै मृत्यु भएको हो।
आइतबार दिउँसो तीन बजे लडेकी टमटाको आज बिहान साढे ६ बजे मृत्यु भएको स्थानीय कालीबहादुर दमाईंले जानकारी दिए। यातायात सेवा नपुगेको त्यस ठाउँमा रातभर टमटालाई घरमै राखेर बिहानमात्र स्वास्थ्य संस्थामा लगिएको थियो। रासस