|

दुर्घटना न्यूनिकरण गर्न ट्राफिकको कडाई


विनोद परियार ,बुटवल,१३ चैत । तिव्रगति,चालकको लापरवाहि र संकेतको प्रयोग नगर्दा ट्रिप्पर र ट्रक दुर्घटना बढेको भन्दै पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलले दुर्घटना न्यूनिकरणका लागि कारवाही प्रकृयालाई कडा बनाउने भएको छ । केहिदिनअघि बुटवलको मिलनचोकमा ट्रिप्परको ठक्करबाट दुई जनाको मृत्यू भएपछि ट्राफिक प्रहरीले थप सकृयता बढाएको हो ।

रुपन्देहीका बजार क्षेत्रमा निर्माण सामाग्री बोकेका ट्रिप्पर र ट्रकलाई नियमविपरित काम गरे स्पटमा कारवाहि गर्ने गरि मापदण्ड तय गरेको छ । क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक प्रितमराज भट्टराईले दुर्घटना न्यूनिकरणका लागि ब्यवसायीहरुसंग बसेर मापदण्ड तय गरिएको जानकारी दिनुभयो । उहाले अब दुर्घटना न्यूनिकरणका लागि कडा रुपमा ट्राफिकले चकजाच गर्ने र नियमविपरित संचालन गरे स्पटमै कारवाहि गरिने बताउनुभएको छ ।

प्रहरीका अनुसार बजार क्षेत्रमा निर्माण सामाग्री बोकेका ट्रिप्पर,ट्रकहरु एकैचोटी लाईनमा हिड्न नपाउने,२० किलोमिटर प्रतिघन्टाको गतिमा सवारी हाक्नुपर्ने,ओभरलोड बाक्न नपाउने र निर्माण सामाग्रीलाई त्रिपालले छोप्नुपर्ने र संकेतको पनि प्रयोग गर्नुपर्ने छ । यदि नियमको पाललना नभए कडा कारवाहि गरिने प्रहरी नायव निरीक्षक ज्ञानु पौडेलले बताउनुभयो । उहाका अनुसार अबका दिनमा कडारुपमा ट्रिप्पर र ट्रकको निगरानी राखिने छ ।

रोडा ढुङगा ब्यवसायि संघ रुपन्देहीका अध्यक्ष शिव पाठकले ट्राफीक नियमको पालना गर्न तयार रहेको बताउदै दुर्घटना न्यूनिकरणका लागि एक हप्ताभित्रमै चालक र सहचालकलाई प्रशिक्षण दिईने बताउनुभएको छ ।

Posted by Butwalonline on 10:49 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दुर्घटना न्यूनिकरण गर्न ट्राफिकको कडाई"

Leave a reply