एच.आई भि एड्स संक्रमण मा अधिराज्यमै दैलेख पहिलो स्थानमा
कृष्ण आचार्य,दैलेख, चैत्र १३-एच. आईभी पोजेटिभ हुनेमा नेपालमै दैलेख जिल्ला पहिलो जिल्लामा देखियको छ । जिल्ला स्वस्थ्य कार्यलय दैलेखले दिएको जानकारी अनुसार १८४ जना मा एच. आईभी एड्स पोजेटिभ देखियका यस मध्य ८४ जनाले मात्र बचख औसधि प्रयोग गरिरहेका छन् । १८४ मध्य १७ जना वालबालीका पनि संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यलय दैलेख का प्रमुख डा. खगेन्द्र जंग शाहाले जानकारी दिनुभएको छ ।
उहाले यस भन्दा अगाडि एच. आई.भि संक्रमित हुने जिल्ला पहिलो अछाम रहेको र दास्रो मा दैलेख रहेको मा हाल नेपालकै दैलेख जिल्ला संक्रमित हुनेहरुमा पहिलो स्थानमा रहेको र यसलाई न्युनिकरणका लागि राज्य तथा स्थानिय स्तरबाट पहल नगरे यसले भयानक रुप लिन सक्ने बताउनु भएको थियो ।
गत बर्ष दैलेख जिल्लामा १६८ जना पोजेटिभ देखियको र हाल त्यो संख्या बडेर १८४ पुगेको छ । जिल्लाका पश्ञ्मिममा पर्ने राकम कर्णली, सिहासैन, सिगैडि, तिलेपाटा, तोलिजैसि, सातला आदि अछाम जिल्ला संग सिमाना जोडियका गा.वि.स. हरुमा यो रोग महामारीकै रुपमा देखा परेको छ ।