दलितको रकम हिनामिना भएको भन्दै उजुरी दर्ता
कृष्ण आचार्य,दैलेख, चैत्र १३-दलित बर्ग जिल्ला समन्वय समिति दैलेखका पदाधिकारीहरुले जिल्ला बिकास समिति दैलेखमा अपाध्यक्ष बजिरसिह बिकका बिरुद्ध आर्थिक हिनामिना गरेको, भन्दै लिखित रुपमा उजुरी गरेका छन ।
समितिमा आबद्ध नेपाली कांंग्रेस ,नेकपा एमाले रा.जनशक्ति पार्टि, नेमकिपा ,रा जनमोर्चा लगाएतका पार्टिहरुबाट प्रतिनिधित्व गर्ने सदस्यहरुले समितका अपाध्यक्ष बजिरसिह बिकले आर्थिक हिनामिना गरेको, दलितहरुको तथ्याक संकलनका लागी गणकहरु एकलौटी एकिकृत नेकपा माओवादी का राखि गैर जिम्मेवार काम गरेको , अन्य समितिका सदस्यहरुको अपमान हुने शब्द प्रयोग गरी अपमान गरेको ,पहिलो किस्ता रकम हिनामिना गरेको आदि अनियमितता भएको भन्दै जिल्ला बिकास समिति दैलेखमा छानबिन सहित कारवाहि र हाल लाई तथ्यांक संकलन लगाएत सबै प्रकृया रोक्न माग गदै उजुरी दर्ता गरेका हुन ।