|

एपेन्डिसको अप्रेसनका क्रममा बेहोस बनाइएकी युवतीको होसमै नआई मृत्यु

मनोज अधिकारी, पोखरा, चैत १३- पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एपेन्डिसको अप्रेसनका क्रममा बेहोस बनाइएकी एक युवतीको होसमै नआई चार दिनपछि मृत्युभएको छ। स्याङ्जाको फापरथुम-५ कि २६ वर्षीया गंगा ढकालको एपेन्डिस अप्रेसनपछि होसमै नआई मृत्यु भएको हो। 

चिकित्सकको लापरबाहीले सामान्य विरामीको चार दिनसम्म होसमै नआई मृत्युभएको आफन्तले आरोप लगाएका छन्। उनीहरुले घटनाको छानबिन, अप्रेसन गर्ने चिकित्सकमाथि कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै अस्पताल परिसरमा धर्ना दिएका छन्। घटनाको यथार्थबारे छानबिन प्रक्रियाअघि नबढेसम्म शव नबुझ्ने उनीहरुको अडान छ।
अस्पताल प्रशासनले भने विरामीको उपचारमा कुनै लापरबाही नभएको जिकिर गर्दै एपेन्डिसको इन्फेक्सनले दुवै मृगौला खराब भएकाले उनको मृत्युभएको बताएको छ। यस विषयमा आईतबार दुवै पक्षबीच वार्ता भए पनि बिनानिष्कर्ष टुङ्गिएको छ।
स्याङ्जाको त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा बिएड पहिलो वर्षमा अध्ययनरत ढकाल चैत ७ गते क्षेत्रीय अस्पताल भर्ना भएकी थिइन्। कोखा दुख्ने र वान्ता हुने समस्या गाउँकै मेडिकलमा देखाउँदा ठीक नभएपछि परिवारका सदस्यले थप उपचारका लागि उनलाई पोखरा ल्याएका थिए। 
आफन्तकाअनुसार सुरुमा मृतक गंगाको अप्रेसन डा.डार्बिन लामिछानेले गरेको भनिएको थियो। वार्ताका क्रममा अस्पताल प्रशासनले भने अप्रेसन डा.कृष्णगोपाल श्रेष्ठले गरेको जवाफ दिएपछि झन् शंका उत्पन्न भएको अधिकारीले बताए। 
स्रोत :नागरिक न्युज दैनिक 

Posted by Butwalonline on 4:16 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "एपेन्डिसको अप्रेसनका क्रममा बेहोस बनाइएकी युवतीको होसमै नआई मृत्यु"

Leave a reply