प्रवासी थारु समाज जनजाती महासंघमा आबद्ध
गीतामणि पाण्डे युएई चैत्र १८ - जनजाती महासंघ युएई ले प्रवासी थारु
समाजलाई आबद्ध गराएकोछ जसमा प्रतिनिधित्वकोरुपमा सप्तरीका राम भुबन चौधरी ,
नवलपरासीका रुपेश चौधेरीलाई पठाएकोछ ।थारु समाज नेपालको
जनजाती महासंघ को रुपमा रहेको एक प्रमुख जाति पनि हो|
प्रवासी थारु समाजले नेपालबाट कामको
सिलसिलामा युएई आई काम गरिरहेका सम्पूर्ण थारुहरुलाई गोलबन्दहुने गरि एउटा
भेलामा नेत्र नारायण थनेतको अध्यक्षतामा गठनभएको थियो जसले ३ महिना भित्र मा अधिबेसन गर्ने
निर्णय सहित कार्य सम्पन्न गर्दै आएकोछ जस अनुसार बिधान मसौदा समिति गठन गरेकोथियो | संयोजक नेत्र नारायण थनेत ,सदस्य रुपेश चौधेरी , घनश्याम चौधेरी लगाएतको
समितिले कोषको स्थापना जस्ता कुराहरुमा जोडदिदै नया बिधान तयार गरेको थियो तेस
बिधानलाई सर्बसमितिले पासगरेको थियो |
उक्तप्रवासी थारु समाज को सभापतित्व नेत्र
नारायण थनेतले गरेकाथिए भने कार्यक्रमको संचालन रुपेश चौधेरीले गरेकाथिए भने
उक्त कुराको जानकारी घनश्याम चौधेरीले गराएका थिए।
