महिला समुहद्वारा संचालित उदाहरणीय फाईलउद्योग
हेमराज भट्ट/नेपालगन्ज
चैत्र १८ - आफु संग क्षमता, दक्षता र सिप छ भने के महिला के पुरुष सबैले सफलता हात पार्न सक्छन् । त्यो उदाहरण पेश गरेका छन् बाँकेका ग्रामिण महिलाहरुले । विभिन्न आय आर्जन मुलक तालिमहरु लिएर महिलाहरुलाई समेत आत्मनिर्भर बनाउने अभियानका साथ अगाडी बढेकि
बाँकेकि अध्यक्ष बालिका देवि रावत सहितको महिला समुहले
बाँकेको फुल्टेक्रामा एक नेपाली फायल उद्योग सञ्चालनमा ल्याएको छ । उनलाई फाईल उत्पादन गर्न सकेमा महिलाहरुको आयआर्जन गर्न सकिन्छ भन्ने साहस तब जाग्यो जब उनी नेपालगन्जको घरबारि —टोल स्थित एक छापाखानामा प्रमाणपत्र छपाउनका लागि गईन् ।उनले त्यहा विभिन्न प्रकारका फाईलहरु देखेपछि फाईल सिक्ने तालिम सञ्चालन गर्ने योजना बनाईन् । जहाा ईच्छा त्यहा उपाय भनेझै उनलाई त्यो तालिम सञ्चालन गर्नका लागि घरेलु कार्यालय, सिप बिकास तालिम केन्द्र लगायतका संस्थाहरुबाट सहयोग पाईयो र पहिलो पटकमा २५ जना महिलालाई १ महिने फाईल बनाउने तालिम सिकाउन थालिन् । त्यो तालिम निकै प्रभावकारि भएपछि उनले पुन: आफ्नै संस्था मार्फत ४० जना महिलाका लागि तालिमको आयोजना गरिन् । यसरी दुई पटक सम्मको तालिम दिएपछि महिलालाई तालिम मात्र दिएर भएन सिकेको कुरा गर्ने अवसर पनि दिनु पर्यो भन्दै उनले पञ्चकन्या नेपाली फाईल तथा खाम उद्योग सञ्चालन गरिन् । जुन महिलाहरुले नै सञ्चालन गरिरहेका छन् । हाल सोहि संस्थाबाट दिईएको फाईल बनाउने तालिम सिकेपछि १८ जना महिलाहरु उनको उद्योगमा काम गरिरहेको उनले बताईन् । पंचकन्या उद्योगका अध्यक्ष मिना बिष्टले दिएको जानकारि अनुसार, अहिले सो उद्योगबाट उत्पादन गरिएको फाईल ३ रुपैया ३० पैसामा बजारमा बिक्रिका लागि ल्याएको बताईन् ।
सात जनाको कार्यसमितीका सदस्यहरुबाट कुल २ लाख व्यक्तिगत पैसा उठाएर सञ्चालनमा ल्याएको सो उद्योगका लागि मैदा, आरारोट, ह्वाईटपेपर, पत्रिका, तोतीपत्ती लगायतको रसायनिक बस्तु आवश्यक पर्ने र सो कच्चा पदार्थ अहिले नेपालगन्जबाट नै किनि रहेको बताईन् । अहिले बजारमा नेपाली फाईल भन्दा केहि महङ्गो उत्पादन भईरहेको बताउदै कच्चा पदार्थ बुटबलबाट मगाउने प्रयास गरिरहेको बताईन् । एउटा फाईल बनाउन दुईदिन सम्ममा तयार हुने उनले बताईन् । उनका अनुसार अहीले उत्पादीत फाईलहरु बजारमा पर्याप्त पुर्याउन नसकेको बताईन् । बजारको मुल्य भन्दा केहि महङ्गो पर्ने भएकाले मार्केटिङमा समस्या भईरहेको बताईन् । जे होस महिलाहरुको साहस र स्थानीय उत्पादनलाई बढावा दिनका लागि यस क्षेत्रका मानिसहरुले सो उत्पादनलाई प्रयोगमा ल्यायौ भने पक्कै पनि सो उत्पादनले बढावा पाउने छ भने बजारमा आएको बस्तुको प्रतिष्पर्धा समेत गर्ने निश्चित छ ।
| तालीमका सहभागीहरुले बनाउदै गरेको फाईलको अवलोकन गर्दै सस्थाकी अध्यक्ष बालीका देबि रावत|तस्बिर :हेमराज भट्ट /बुटवल ओनलाइन |
| नेपाली फाईल बनाउने तालीममा फाईल बनाउदै तालीमका सहभागी महिलाहरु तस्बिर :हेमराज भट्ट /बुटवल ओनलाइन |
| तालीमका सहभागीहरुले बनाएका फाईलहरु घाममा
सुकाईदै | तस्बिर :हेमराज भट्ट /बुटवल ओनलाइन |
