लण्डनमा एक नेपाली बिद्यार्थीद्वारा श्रीमतीको ओड्नेमा झुन्डिएर आत्महत्या
चिरन शर्मा, लण्डन, चैत १०- नर्थ वेष्ट कलेज रेडिङमा बिजनेस म्यानेजमेन्ट अध्ययनरत सुवाश भण्डारीले आत्महत्या गरेका छन् । बेलायतको नर्थ ह्याम्टनमा बसोबास गर्ने भण्डारी मंगलबार बिहान काममा जार्दै गर्दा बाटोमा पर्ने नर्थह्याम्टन पार्कको रुखमा झुण्डिएर आत्महत्या गरेका हुन्। श्रीमतीको ओड्नेमा झुन्डिएर आत्महत्या गरेको साथी बुद्धिबहादुर तामाङले बताए।
नेपालमा रहँदा नै डिप्रेसनको औषधि खादै आएका भण्डारीले डाक्टरको सल्लाहअनुसार एक हप्तादेखि औषधि खान छोडेको तामाङले जानकारी दिए । मंगलबार बिहान २ बजे घरबाट काममा जान भनेर निस्केका भण्डारीले आत्महत्या गरेको ६ घण्टापछि परिवारले थाहा पाएका थिए । श्रीमतीले ओड्ने सलको प्रयोग गरेर भण्डारीले आत्महत्या गरेको तामाङले बताए । उनको अन्तिम संस्कार बेलायतमा नै गर्ने तयारी भइरहेको छ, कलेज प्रशासनले पनि सहयोग गर्ने आश्वासन दिएको छ तामाङले जानकारी दिए।
लेटाङ- २ मोरङ घर भएका भण्डारी भण्डारी दुई वर्ष अघि श्रीमती रमिता पौडेलसहित बेलायत आएका थिए।बेलायतको कडा अध्यागमन नियम, कलेज प्रसाशनले शुल्कका लागि दिने दवाब, बेरोजगारीका कारण बेलायत आए विद्यार्थी डिप्रेसनमा पर्दै आएका छन् ।गत वर्ष अध्ययनका लागि आएकी छात्रा लक्ष्मी लामाले डिप्रेसनका कारण आत्महत्या गरेकी थिइन्।
साभार :नागरिक न्युज