|

सामसङ कम्पनीद्वारा विश्वकै सबैभन्दा पातलो नोटबुक सार्वजनिक


बैंकक, चैत्र १० - सामसङले विश्वकै सबैभन्दा पातलो भएको दाबी सहित नयाँ नोटबुक सार्वजनिक गरेको छ । दक्षिण पश्चिम एसियाली मुलुकमा २०१२ मा सार्वजनिक हुने उत्पादनबारे जानकारी दिन आयोजना गरिएको कार्यक्रमममा यसलाई पहिलो पटक प्रदर्शन गरिएको छ । द्वारा 
सिरिज ९ अन्तर्गतका नोटबुक विकास गर्न कम्पनीले ३३ हजार घन्टा समय खर्चेको जनाएको छ । '३३ हजार घन्टा डिजाइन र विकासमा खर्चेर यसलाई बनाइएको हो,' सामसङ इन्डियाका आइटी निर्देशक उदय भट्टले भने, 'यसमा खर्च भएको समय र मेहनतले प्रयोगकर्तालाई नयाँ सन्तुष्टि दिने छ ।'
कम्पनीका अनुसार ३० इन्चको नोटबुक १ किलो तौलको छ । यसको मोटाइ ३० मिलिमिटर छ । 'नोटबुक आफ्नो प्रतिस्पर्धीको तुलनामा २१ प्रतिशत पातलो र २८ प्रतिशत सानो छ,' भट्टले भने । नोटबुकले सञ्चालन समयलाई पनि घटाएको छ । कम्पनीका अनुसार यी नोटबुक ९ दशमलव ८ सेकेन्डमा खुल्ने -पावर अन) र १ दशमलव ४ सेकेन्डमा पुनः खुल्ने -बेकअप) छन्् । इन्टेलकोर आई सेभेन प्रोसेसर राखिएको नोटबुक अल्मुनियमले बनाइएको छ । नेपाली बजारमा करिब २ महिनाभित्र यो सार्वजनिक गर्ने तयारी छ ।
सामसङले नोटबुक सहित वातावरण, आकार र प्रविधिलाई ध्यानमा दिएर नयाँ घरायसी उपकरण पनि सार्वजनिक गरेको छ । यसै अन्तर्गत ३१ प्रतिशतसम्म विद्युत् खपत कम गर्ने एस क्रिस्टल प्लस नामक एयरकन्डिस्नर पनि सार्वजनिक भएको छ । कम्पनीका अनुसार यसले कम विद्युत् खपत गर्दै आवश्यकता अनुसार आफंै कोठाको तापक्रमलाई नियन्त्रणमा राख्ने छ । साथै दुई ढोका भएको नयाँ रेपि|mजरेटरबाट २६ प्रतिशतसम्म विद्युत् खपत कम गर्न सकिने कम्पनीले जनाएको छ । 'ग्राहकलाई कम विद्युत् शुल्क तिरेर धेरै सामान अटाउन सक्ने क्षमता भएको रेपि|mजरेटर उपलब्ध गराउन प्रयास गरेका हौं,' सामसङ इन्डियाका होम अप्लाइन्सेस उपाध्यक्ष महेश क्रिस्ननले भने । कम्पनीले कम घर्षणमा कपडा धुन र पानीको खपत ३० प्रतिशतसम्म कम गर्ने गरी वासिङ मेसिन सार्वजनिक गरेको छ ।
एन्ड्रोइड अपरेटिङ सिस्टम सहित ग्यालेक्सी ट्याब ३१० पनि कम्पनीले बजारमा ल्याउने भएको छ । आइस क्रिम स्यान्डबिच पनि भनिने यो ट्याबबाट ४ लाखभन्दा बढी एप्लिकेसन चलाउन सकिने सुविधा छ ।
सामसङ नोट प्रयोकर्ताका लागि कम्पनीले एङ्््री बर्ड गेम सँग सम्झौता गरेको छ । जस अनुसार उक्त गेम सार्वजनिक हुनुअघि नै नोटमा चलाउन सकिने छ । २०११ मा २ अर्ब थान
बिक्री भएको सामसङ नोट २०१२ मा १० अर्ब बिक्री गर्ने लक्ष्य कम्पनीले लिएको छ ।
कम्पनीले ग्यालेक्सी बिम नामक नयाँ फोन पनि सार्वजनिक गरेको छ । यो फोनबाट प्रयोगकर्ताले प्रोजेक्टरको काम पनि गर्न पाउने भएका छन् । 'यसबाट भिडियो क्लिप, नक्सा, व्यावसायिक योजना, गेम लगायत विभिन्न वस्तु सेयर गर्न सकिने छ,' सामसङ इन्डियाका मोबाइल र आइटी प्रमुख रन्जित यादवले भने । उच्च गुणस्तरको ५० इन्चसम्मको
तस्बिर यसले दिन सक्ने कम्पनीले जनाएको छ ।
विद्युतीय उत्पादनका विभिन्न क्षेत्रमा विश्वकै नम्बर एक बिक्रेता सामसङले २०११ मा १ खर्ब ४३ अर्ब डलर बराबरको कारोबार गरेको थियो । पछिल्लो पटक सार्वजनिक उत्पादनले कम्पनीलाई अझ बढी क्षेत्रमा अघि बढाउने दक्षिण पश्चिम एसियाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत बिडी पार्कले बताए ।
नेपालमा सामसङका विभिन्न उत्पादनको हिम इलेक्ट्रोनिक्सले बिक्री वितरण गर्दै आएको छ । यसबाहेक अन्य उत्पादनको विक्री आइएमएस टेली ट्रेड र ई-शासन इन्फोसिसले गर्दै आएका छन् ।
स्रोत :कान्तिपुर 

Posted by Butwalonline on 8:46 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सामसङ कम्पनीद्वारा विश्वकै सबैभन्दा पातलो नोटबुक सार्वजनिक"

Leave a reply