|

विश्व साइकलयात्री सौरभ दाहाल दोहामा


दोहा, चैत्र ८ - विश्व साइकलयात्री सौरभ दाहाल बुधबार कतारको दोहा आएका छन् । समान शिक्षा र बुद्ध जन्मस्थलको प्रचार गर्दै साइकलयात्रामा निस्किएका सौरभको यो ४३ औं भ्रमण राष्ट्र हो ।
दाहाल बेलायत भ्रमण सकेर दोहा आएका हुन् । बेलायतमा उनले चार महिना बिताएका थिए । त्यहिक्रममा उनले स्कटल्याण्ड, वेल्सलगायतको पनि भ्रमण गरेका थिए ।
बेलायतमा रहँदा उनले ब्रिटिस आर्मी क्याम्प र गैर आवासीय नेपाली संघ (एनआरएन)ले आयोजना गरेको विभिन्न सम्मान कार्यक्रममा सहभागी भए । ‘बेलायतका स्कुल र क्याम्पसमा पुगेर बुद्ध जन्मस्थलको भ्रम चिर्न भ्रमण सफल रह्यो,’ दोहामा आएपछि उनले भने ।
दोहासँगै उनले दुवई, साउदी अरबको पनि भ्रमण योजना बनाएका छन् । खाडी मुलुकपछि उनी चीनको गोन्जाउ र हङकङ जाने कार्यक्रम छ । 
कतारमा मार्च २३ मा स्याङ्जा समाजले सम्मान गर्ने कार्यक्रम राखेको छ । दाहाल कान्तिपुर पब्लिकेसन्सका सदभावना राजदूत हुन् ।
स्रोत :कान्तिपुर 

Posted by Butwalonline on 6:45 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "विश्व साइकलयात्री सौरभ दाहाल दोहामा"

Leave a reply