|

उखडा समस्या समाधानका लागि कार्यदल गठन


विनोद परियार ।बुटवल,४ चैत । रुपन्देही,नवलपरासी र कपिलबस्तुमा रहेका सरोकारवालाहरुका विचमा उखडा समस्या समाधानका लागि कार्यदल गठन गर्ने सहमति भएको छ ।

रुपन्देही,नवलपरासी र कपिलबस्तुका राजनैतिक दल,जिल्ला भूमि अधिकार मञ्च,उखडा अधिकार समिति,पत्रकार,एंव उखडा विज्ञविच उखडा समस्या समाधानका लागि भैरहवमा छलफल पश्चात कार्यदल गठन गर्ने सहमती भएको हो ।

सोही अवसरमा चैत १० देखि १२ गतेसम्म तिनै जिल्लाका सभाषदहरुसंग अन्तरक्रिया गर्ने,१३ देखि १४ सम्म भूमि सुधार तथा ब्यवस्था मन्त्रालय कानुन मन्त्रालय तथा अर्थ मन्त्रालयमा र १५ गते प्रधानमन्त्रिको कार्यालयमा डेलिगेशन जाने सहमति भएको छ ।

डेलिगेशनमा तिनै जिल्लाका राजनितिक दलका प्रतिनिधिहरुको समेत सहभागिता हुनेछ । यि तिन जिल्लामा करिब ८ हजार परिवार उखडा जग्गा कमाउने किसानहरु रहेका छन् । जिल्ला भूमि अधिकार मंञ्च र उखडा अधिकार समिति नवलपरासी रुपन्देही,र कपिलबस्तुको संयुक्त आयोजनामा छलफल कार्यक्रम भएको थियो ।

Posted by Butwalonline on 7:39 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "उखडा समस्या समाधानका लागि कार्यदल गठन"

Leave a reply