मकैको घोगामा दाना नलागे पछि रुपन्देही देवदहका किसानहरु चिन्तित
विनोद परियार ।बुटवल,४ चैत । मकैको घोगामा दाना नलागे पछि रुपन्देही देवदहका किसानहरु चिन्तित भएका छन् । भारतीय बहुराष्ट्रिय कम्पनी वायोसिडले उत्पादन गरेको राजकुमार नामक मकैको विऊ लगाएका रुपन्देही देवदह क्षेत्रका किसानहरु मकैको घोगामा दाना नलागे पछि चिन्तित बनेका हुन ।
कृषि विकास कार्यालय रुपन्देहीका वालीविकास अधिकृत जय बहादुर महत्रा किसानको खेतमा ६० प्रतिशत दाना नलागेको अवस्था रहेको बताउनुभयो । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले ३३ प्रतिशत अनुदानमा विऊ दिएर सिफारिस गरेको समयमा मकै लगाउदा मकैका घोगामा दाना नलागेकोले क्षती पूर्ति पाउनु पर्ने कृषक वलराम शर्माको भनाई छ ।
गतवर्ष प्रति कठ्ठा १२ हजार रुपैया वरावरको मकै उत्पादन भयो भने यस वर्ष विक्रि गर्न लायकको मकै नभएकोले आफूहरुले क्षतीपूर्ति पाउनु पर्ने कृषक शर्माको भनाई रहेको छ । कृषि विकास कार्यालय रुपन्देहीका वाली विकास अधिकृत महत्रा भने चिसोको कारणले पोलिनहरु मर्ने भएकोले दाना नलागेको हुन सक्ने बताउनु भएको छ ।
Posted by Butwalonline
on 7:40 AM. Filed under
Local News,
News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response