|

वैद्य पक्षद्वारा संघर्षका कार्यक्रम घोषणा गर्दै


काठमाडौ, चैत्र ४ - अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो केन्द्रीय समितिका बैठकका निर्णय कार्यान्वयन नगरेको भन्दै उपाध्यक्ष मोहन वैद्य पक्षले शनिबार छुट्टै कार्यक्रम घोषणाको तयारी गरेको छ । संस्थापनलाई बेवास्ता गर्दै कार्यक्रम घोषणाको तयारी गरेको थाहा पाएपछि दाहाल निवास लाजिम्पाट र प्रधानमन्त्री बाबुराम भट्टराई निवास बालुवाटारमा तरङ्ग ल्याएको छ । संस्थापनले त्यसलाई प्रतिवाद गर्न छलफल सुरु गरिसकेको छ ।
माघको पहिलो साता भएको केन्द्रीय समितिको निर्णय संस्थापन पक्षले कार्यान्वयन नगरेको आरोप लगाउ'दै वैद्य पक्षले छुट्टै मोर्चा बनाएर कार्यक्रम घोषणा थालेपछि माओवादी पुनः अन्तरद्वन्द्वमा फसेको छ । दुई महिना चुप लागेका वैद्य पक्ष शान्ति प्रक्रिया टुंगिन लागेका बेला र संविधानसभाको म्याद छोटिन लाग्दा देशव्यापी 'संघर्ष' का कार्यक्रम घोषणा गर्न लागेको हो । मुख्यगरी संघर्षका कार्यक्रम सरकार र माओवादी नेतृत्वविरुद्ध केन्दि्रत हुने बताइएको छ ।
केन्द्रीय समितिपछि संस्थापन र वैद्य पक्षले अस्थायी समाधान निकाल्दै फरक विचारलाई छलफलमा लैजाने निर्णय गरे पनि त्यो प्रभावकारी हुन सकेन । दाहालले राजनीतिक 'धार' स्पष्ट नगरेको र उल्टै प्रधानमन्त्री भट्टराईलाई साथ दिएकामा वैद्य पक्ष बढी आक्रोशित भएको हो । भट्टराईको राजीनामा गराउने वचन दिए पनि पछिल्लो समयमा दाहाल हच्किएको, बरु उल्टै उनलाई बचाउ गर्दै आएको आरोप उक्त पक्षले लगाएको छ । लामो समयदेखि वैद्य पक्षले 'जनविद्रोह' तयारी गर्नुपर्ने बताउ'दै आएको छ ।
दाहालनिवास नजिकैको एक पा'चतारे होटलमा शनिबार कार्यक्रम घोषणा गरिने वैद्य पक्षका स्थायी समिति सदस्य नेत्रविक्रम चन्दले जानकारी दिए । उपाध्यक्ष मोहन वैद्य उपत्यकाबाहिर रहेकाले महासचिव रामबहादुर थापा, सचिव सिपी गजुरेललगायत नेताहरूले पत्रकार सम्मेलन गरी कार्यक्रम घोषणा गर्ने तयारी गरेका हुन् । पछिल्ल्लो केन्द्रीय समितिले गरेको निर्णय कार्यान्वयनका लागि संघर्षका कार्यक्रम घोषणा गर्न लागेको सचिव गजुरेलले जानकारी दिए ।
'मुख्य नेतृत्वले केन्द्रीय समितिबाट निर्णय भएका कार्यक्रम तय नगरेकाले संघर्षका कार्यक्रम घोषणा गर्न लागेका हौ,' उनले कान्तिपुरस'ग भने, 'हामी पार्टी निर्णयअनुसारै चलेका हौं ।' उनीहरूले सरकारलाई राजीनामा दिन दबाब दिने र आवश्यक परे सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन पहल गर्ने रणनीति बनाएका छन् । संघर्षका कार्यक्रमअन्तर्गत विशेष गरी राष्ट्रिय स्वाधीनताका नारामा भारतविरुद्ध आन्दोलन चर्काउने तयारी उनीहरूको छ । जनसत्ताका बेला भएका घरजग्गा मान्यता दिने निर्णय फिर्ता गर्ने सरकारको निर्णय, कब्जामा रहेको घरजग्गा फिर्ता गर्ने पार्टी निर्णयविरुद्ध पनि संघर्ष गर्नेलगायत छन् ।
आन्दोलन घोषणाको पूर्वसन्ध्यामा महासचिव थापाले नेवाः राज्य समितिअन्तर्गतका वैद्य पक्षीय नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा उनी दाहाल र भट्टराईविरुद्ध खनिएको एक सहभागीले बताए । उनले मुख्य नेतृत्वले दुई महिनासम्म कार्यक्रम नल्याएर केन्द्रीय समितिका निर्णय लत्याएको बताएका थिए । 'अध्यक्ष पक्षबाट केन्द्रीय समिति बैठकको निर्णय लत्याउने काम भएको छ, त्यसकारण हामी संघर्षका कार्यक्रम लिएर जानुपर्छ,' उनको भनाइ थियो ।
प्रधानमन्त्रीले राजीनामा नदिए सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन तयार रहनुपर्ने उनको भनाइ थियो । सरकारविरुद्ध वैद्य पक्षले अविश्वास ल्याउने तयारी गरे माओवादीभित्रको द्वन्द्वले फुटको दिशा पनि लिन सक्छ । बिहीबार संस्थापन पक्षको स्थायी समिति बैठकले पार्टी निर्णयविरुद्ध कार्यक्रम घोषणा गर्न लागेकामा आपत्ति जनाएको थियो । त्यसबारे वैद्य पक्षस'ग स्पष्टीकरण लिनेबारे छलफल भएको थियो ।
त्यसैको अर्को दिन वैद्य पक्षले संघर्षका कार्यक्रम घोषणा गर्ने निर्णय गरेको हो । वैद्य पक्षले एकपक्षीय रूपमा कार्यक्रम घोषणा गरे राजनीतिक र वैचारिक अभियान लैजाने संस्थापनको रणनीति
छ । 'एकतर्फी रूपमा कार्यक्रम घोषणा गरे राजनीतिक र वैचारिक ढंगले खण्डन गरिन्छ,' संस्थापन पक्षका पोलिटब्युरो सदस्य हरिबोल गजुरेलले भने, 'उहा' (वैद्य) हरू कसरी प्रस्तुत हुनुहुन्छ, त्यसमा भर पर्छ ।' माघको बैठकमा दाहालले वैद्यको 'सम्मानजनक सेना समायोजन र जनसंविधान' बनाउने, राष्ट्रिय स्वाधीनताका लागि जनपरिचालन गर्ने विषय राजनीतिक प्रस्तावमा समेटेर सम्भावित फुट टारेका थिए ।
स्रोत :कांतिपुर 

Posted by Butwalonline on 7:32 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "वैद्य पक्षद्वारा संघर्षका कार्यक्रम घोषणा गर्दै"

Leave a reply