स्थानीय शान्ति समिति गठन
प्रकाश डोटेल
स्याङ्जा-१७, फागुन ।
स्याङ्जाको कालिकोट गाविसमा भएको एक भेलाले कुलबहादुर गुरुङ्को संयोजकत्वमा गाविसस्तरिय स्थानीय शान्ति समिति गठन गरिएको छ ।
समितिको सदस्यहरुमा भिमबहादुर गुरुङ्, टीकाराम विक, कृष्णकुमारी दर्लामी, लिलाबल्व रेग्मी, खगीसरा विक, र सदस्य सचिव जीवनाथ पौडेल रहेका छन् ।
त्यसअवसरमा स्थानीय शान्ति समिति स्याङ्जाका सदस्य शिव गिरी र झविश्वर तिमील्सेनाले राष्ट्र शान्तिका लागि पहिला समाज शान्ति आवश्यक पर्ने भएकाले आङ्खनो ठाउ“लाई शान्ति बनाउनतर्फसबैलाई लाग्न आग्रह गरेका थिए ।
कार्यक्रममा उपस्वास्थ्य चौकी प्रमुख कुमार राना, केशरबहादुर विक, सन्तोस भर्ुर्तेल, जनसेवा उच्च मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर दर्लामी, गाविसका पर्ूव अध्यक्ष केशबहादुर कु“वर, लीलाबल्लव रेग्मी, नेपाली का“ग्रेस गाउ“ कार्यसमिति सभापति भिमबहादुर गुरुङ्, एनेकपा माओवादीका गाविस संयन्त्र सदस्य भिमबहादुर गुरुङ् लगायतले बोलेका थिए ।
कालिकाकोट गाविसका सचिव जीवनाथ पौडेलको अध्यक्ष्तामा सम्पन्न कार्यक्रमको सञ्चालन किसान गुरुङ्ले गरेको गाविस समाज परिचालक पार्वती रेग्मीले बताएकी छन् ।