|

माग पुरा भए अन्तिम परिक्षा बहिस्कार गर्ने शिक्षक संघ संगठनहरुको चेतावनी विद्यालय बन्दको विकल्प खोज्न नीजि विद्यालय सन्चालकहरुको आग्रह



काठमाडौ, १७ फागुण । विभिन्न शिक्षक सम्बद्ध संघ संगठनहरुले आफूले अगाडि सारेको ४७ सुत्रिय माग पुरा नभए विद्यालयका अन्तिम परिक्षा समेत बहिस्कार गर्ने चेतावनी दिएका छन् ।
रिपोर्र्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा बोल्दै नेपाल शिक्षक यूनियका अध्यक्ष दिलबहादुर जोसीले विगतका सहमति कार्यान्वयन नगरेका कारण आन्दोलन गर्नु परेको भन्दै आफूहरुको माग पुरा नभए आशसन्न अन्तिम परिक्षा समेत बहिस्कार गर्ने चेतावनी दिए ।
क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा जोसीले शिक्षामा बजेटको २५ प्रतिसत लगानी र शिक्षकहरुले उठाएको माग अध्यादेशबाट ऐन संसोधन गरेर संबोधन गर्नु पर्ने बताए ।
उनले सरकाले बार्तामा बोलाउँदैमा आन्दोलन नरोकिने भन्दै बार्तासँगै आन्दोलन पनि जारी रहने स्पष्ट पारे ।
साक्षात्कारमा नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बाबुराम अधिकारीले शिक्षक आन्दोलनको अन्त्य गर्न तत्काल माग संबोधन गर्ने गरी शिक्षा ऐनलाई दलहरुवीचको सहमतिको आधारमा अध्यादेशमार्फ संसोधन गर्नु पर्ने बताए ।
उनले विद्यालय बन्द नगरे पनि बार्तामा बोलाउँदैमा आन्दोलन नरोके स्पष्ट पारे ।
गणतान्त्रिक शिक्षक यूनियनका अध्यक्ष गुणराज लोहनीले आन्दोलनको विकल्प नदिई आन्दोलन नरोकिने स्पष्ट पार्दै आफूहरुको माग संबोधन नगरीए भोलीका दिनदेखि अझै कडा आन्दोलन गर्ने चेतावनी दिए ।
नेपाल शिक्षक संघका  अध्यक्ष मोहन ज्ञावलीले शिक्षा क्षेत्रको विकासकोलागी आन्तरिक राजस्वबाट बेहोर्ने गरी २५ प्रतिसत छुट्याए शिक्षा क्षेत्रकेा समस्या समाधान गर्न सकिने भन्दै राजनीतिक दलहरुले देश चलाउन नजानेकोले समस्या आएको बताए ।
प्याब्सनका नवनिर्वाचित अध्यक्ष डा बाबुराम पोख्रेलले विद्यार्थीको अध्ययन प्रभावित नहुने गरी आन्दोलन गर्न सुझाव दिदै त्यसो भए आफूहरुले पनि आन्दोलनमा र्समर्थन गर्नें प्रतिबद्धता ब्यक्त गरे ।
उनले आन्दोलनकारी शिक्षकहरुको माग सरकारले तत्काल संबोधन गर्नु पर्ने भन्दै अन्तिम परिक्षाको मुखमा विद्यालय बन्द गर्दा विद्यार्थी र अभिभावक अन्यौलमा परेको तर्फध्यान आर्कषित गराए ।
पोख्रेलले राज्यले निजी क्षेत्रलाई पहिचान दिन नसकेको गुनासो गर्दै छुट्टै संस्थगत विद्यालय ऐन बनाएर निजी विद्यालयमा ६० प्रतिसत शिक्षक र ४० प्रतिसत प्रशासन सन्च्ाालन खर्च गर्ने गरी ब्यवस्था मिलाउने पर्ने बताए । उनले सरकारले खर्च गर्नु नपर्ने निजी विद्यालयबाट उतिर्ण्र्ााएका विद्यार्थीलाई उच्च शिक्षाको छात्रबृत्तिमा प्रतिष्पर्घर्ाार्न नदिएर सरकारले हेला गरेको गुनासो समेत साक्षात्कारमा गरे ।
हिसानका अध्यक्ष उमेश श्रेष्ठले विद्यालय खोल्ने अनुमति दिने तर दरवन्दी नदिने सरकारी नीतिका कारण शिक्षा क्षेत्रमा समस्या देखिएको दावी गर्दै राम्रो , स्तरीय स्थायी शिक्षक राखेर अस्थायी शिक्षक नराख्ने ब्यवस्था गरे कमजोर शिक्षा सहितका सबै समस्या समाधान हुने विश्वास ब्यक्त गरे । उनले नीजि र सरकार विद्यालयहरुलाई ब्यवस्थीत गर्न सुझाव दिदै परिक्षामा राम्रो नजिता नल्याउनेको बजेट कटौती र राम्रो नतिजा ल्याउनेलाई थप बजेट दिएर प्रोत्साहन गरे शिक्षामा सुधार आउने बताए ।
उनले बन्द नगरी आन्दोलन गरे आफूहरु पनि रोटेसनमा केही शिक्षक पठाउन तयाररहेको भन्दै बाषिर्क परिक्षालाई प्रभावित पार्ने गरी विद्यालय बन्द नगर्न आग्रह गरे ।
श्रेष्ठले ६० र ४० प्रतिसतको अवधारणा लागु नगरेसम्म नीजी विद्यालय चल्न नसक्ने भन्दै दरबन्दी ब्यवस्थीत गरेर शुन्यदेखि प्लस टु शिक्षाको ब्यवस्था गनर्ुर्ुुर्ने माग गरे ।
नेपाल शैक्षिक गणतान्त्रिक मन्चका अध्यक्ष होमबहादुर थापाले सामूदायिक र निजी विद्यालयहरु शिक्षा ऐन अनुसार नचलेको दावी गर्दै शिक्षा मन्त्री निरिह बनेकोले समस्या आएको बताए ।
उनले शिक्षा ऐनको कार्यान्वयनकोलागी उच्च स्तरिय शिक्षा आयोग गठन गर्न माग गर्दै निजी विद्यालय शैक्षिक डिपार्टमेन्टल स्टोर जस्तो भएको आरोप लगाए ।
उनले शिक्षा मन्त्री बाहेक अरुसँग आफूहरुले बार्ता नगर्ने स्पष्ट पार्दै आफूहरुको माग पुरा गर्ने विश्वासिलो आधार नदिएसम्म सहमति नहुने र आन्दोलन समेत नरोकिने चेतावनी दिए ।
नेपाल अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले बन्दले विद्यार्थी र अभिभावकलाई आतकित पारेको भन्दै बन्दको विकल्प खोज्न सुझाव दिए ।
उनले शिक्षकहरुको माग अनुसार योग्य शिक्षकलाई स्थायी प्रक्रिया सुरु गर्न माग गर्दै शिक्षकहरुलाई विद्यालय बन्द नगरी सिहदरवार र शिक्षामन्त्रालय घेराउ गर्न सुझाव दिए ।
उनले  ६६ लाख विद्यार्थीहरुको भविष्यमा भईरहेको खेलवाडको विषयमा शिक्षामन्त्री जवाफ दिनु पर्ने माग गर्दै नसके राजिनामा दिन चेतावनी दिए ।
उनले शिक्षा क्षेत्रलाई सरकारले कम प्राथमिकता दिएकेा भन्दै सरकार लाचार रहेको दावी गरे ।


Posted by Anonymous on 6:36 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "माग पुरा भए अन्तिम परिक्षा बहिस्कार गर्ने शिक्षक संघ संगठनहरुको चेतावनी विद्यालय बन्दको विकल्प खोज्न नीजि विद्यालय सन्चालकहरुको आग्रह"

Leave a reply