|

राहदानीमा फोटो फेरेर भारत हुँदै कुवेत पुगेकी नेपाली महिला पक्राऊ

काठमाडौँ, माघ १८- बुटवल ट्राफिक चोककी २० वर्षीय युवती मुना मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको छ। राहदानीमा फोटो फेरेर भारत हुँदै कुवेत पुगेकी मल्ललाई कुवेतस्थित नेपाली दूतावासले फिर्ता पठाएको थियो।त्यही सूचनाका आधारमा प्रहरीले उनलाई विमानस्थलबाटै नियन्त्रणमा लिएको हो। हाउसमेडका रुपमा काम गर्न कुवेत पुगेकी मल्ललाई महानगरीय प्रहरी परिसर हनुमान ढोकामा बुझाइएको प्रहरीले जनाएको छ।

मुना मल्लले मोरङ अमरदाह -८ की सुरजमनी राजवङसीको नाममा जारी भएको राहदानी नम्वर ४५३६३९५ प्रयोग गरी तीन वर्षअघि भारत हुँदै कुवेतमा काम गर्दै आएकी थिइन्। त्यहाँस्थित नेपाली राजदुतावासले पत्ता लगाई फोटो परिर्वतन गरिएको राहदानीको सक्कल सहित माघ १५ नेपाल फिर्ता पठाएको हो। 
                                                                                                                                                       स्रोत :नागरिक

Posted by Butwalonline on 7:51 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "राहदानीमा फोटो फेरेर भारत हुँदै कुवेत पुगेकी नेपाली महिला पक्राऊ"

Leave a reply