|

साउदी अरबले नेपाली महिलालाई भारतबाट भिसा नदिने

काठमाडौं, माघ १८- साउदी अरबले नेपाली महिलालाई भारतबाट भिसा नदिने भएको छ। भारतको बाटो हुँदै अवैधानिक रुपमा प्रवेश गरेका नेपाली महिला कामदारको अवस्था दयनीय भेटिएपछि साउदीले भारतबाट भिसा नदिने निर्णय गरेको हो।

'साउदीले भारतको नयाँदिल्लीस्थित आफ्नो दूतावास र मुम्बईस्थित कन्सुलेट कार्यालयबाट अब नेपाली महिला कामदारलाई भिसा नदिने निर्णय गरेको हामीलाई मौखिक जानकारी दिएको छ,' साउदीका लागि नेपाली राजदूत उदयराज पाण्डेले नागरिकसँग फोनमा भने, 'हामीले लिखित रुपमा निर्णय गरी पठाउन भनेका छौं।'

नेपालको बारम्बारको अनुरोधपछि साउदी भारतबाट नेपाली महिला कामदारलाई भिसा नदिने निर्णयमा पुगेको हो। रियादस्थित नेपाली दूतावासले भारतमा भिसा लगाउने तथा भारतको बाटो हुँदै आउने नेपाली महिला कामदार सबै अवैधानिक भएको र उनीहरुले साउदीमा दुःख पाएको प्रमाण पेस गरेपछि साउदी परराष्ट्र मन्त्रालयले नेपालको अनुरोधलाई स्विकारेको हो।
                                                                                                                                               स्रोत :नागरिक 

Posted by Butwalonline on 7:39 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "साउदी अरबले नेपाली महिलालाई भारतबाट भिसा नदिने"

Leave a reply