सैनिक श्रीमती संघले १९५ घर विपन्न तथा गरिव परिवारलाई राहत वितरण
विनोद परियार ,नवलपरासी, २० पुस । नवलपरासीको त्रिवेणीमा रहेको एक सय ९५ घर विपन्न तथा गरिव परिवारलाई सैनिक श्रीमती संघले बुधबार राहत वितरण गरेका छन् ।बढ्दो शितलहरलाई ध्यानमा राखेर विपन्न परिवारका मानिसहरुलाई जाडो छल्ने बाक्लो लत्ताकपडा र खाद्यान्न सामग्री वितरण गरिएको कार्यक्रममा जानकारी दिइएको थियो ।
नेपाली सेनाका नम्बर २२ बाहिनी अन्तरगत त्रिवेणीको बज्रदल गणको आयोजनामा भएको राहत वितरण कार्यक्रममा सैनिक श्रीमती संघका केन्द्रिय अध्यक्ष कमला गुरुङले त्रिवेणीमा आयोजित राहत वितरण कार्यक्रममा खाद्यन्य सामग्री र लत्ताकपडाहरु वितरण गरेको थियो ।त्रिवेणी क्षेत्रका मुसहर, बोटे, डुम लगायतका विपन्न परिवार, एकल महिला र वृद्धवृद्धाहरु लगायतका लागि राहत वितरण गरिएको हो ।