|

नेपालमा प्रत्येक बर्ष धुमपानबाट १५ हजारको ज्यान जाने

बुटवल पुस २० । सूर्तिजन्य पदार्थ नियन्त्रणका लागि नियमनकारी निकायले खासै चासो नदेखाएको एक कार्यक्रमका बक्ताहहरुले औल्याएका छन् ।
सहभागिहरुले ऐन नियमको पालनाका गैर सरकारी संस्थाहरुले गरेको नेतृत्वका लागि सरकारी तवरबाट सहयोग नपुगेको बताएका छन् । संसारमा प्रत्येक बर्ष सूर्ति सेबनकै कारण ६० लाख मानिसले ज्यान गुमाएको भन्दै उनिहरुले नेपाल सरकारले सूर्तिजन्य पदार्थ नियन्त्रणका लागि पूर्ण रुपमा प्रतिबद्धता जनाउनुपर्नेमा जोड दिए ।स्वास्थ्य अधिकार तथा सूर्ति जन्य बस्तु बस्तु नियन्त्रण जिल्ला संजाल रुपन्देहीको आयोजना तथा रेस्फेकको सहकार्य तथा सिआरसिडीको समन्वयमा आयोजित क्षेत्रिय स्तरको कार्यशालामा सहभागिहरुले उक्त कुरामा जोड दिएका हुन् ।कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले कारबाहिका लागि आबश्यक साधन स्रोतको अभाबले कतिपय अबस्थामा समस्या परेको बताए ।

कार्यक्रममा जनस्वास्थय प्रमुख महेश्व श्रेष्ठ, रेस्फेकका पूर्ण ब दुवालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सो अबसरमा प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेल, पूर्व बिद्यायक सूर्य प्रसाल प्रधान, उद्योग बाणिज्य संघका सुरेन्द्र श्रेष्ठ, नेपाली कांग्रेसका राम बहादुर कार्की, एमाओबादीका नारायण नागिला, एकनारायण खनाल, पूनाराम पोखरेल,कार्यक्रम संयोजक मुक्तिराम पोखरेल, सिआरसिडीका डिबि खत्री,रोमकान्त घिमिरे,संगम महत लगायतले बोल्दै प्रभाबकारि अनुगमनका कारण समस्या समाधानमा जटिलता देखिएको बताएका थिए । नेपालमा प्रत्येक बर्ष धुमपानबाट १५ हजारको ज्यान जाने गरेको छ ।कार्यक्रममा लुम्बिनी अंचलका जिल्ला संजाल प्रतिनिधि सहित ३० बढिको सहभागिता छ ।

Posted by Butwalonline on 9:21 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेपालमा प्रत्येक बर्ष धुमपानबाट १५ हजारको ज्यान जाने"

Leave a reply