|

विभिन्न मागहरु राख्दै रुपन्देहीका किसानद्धारा ज्ञापन पत्र

रुपन्देही,२० पुस । विभिन्न मागहरु राख्दै राष्ट्रिय किसान संजाल रुपन्देहीले बुधबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । क्रन्तिकारी भूमिसुधार लागु हुनुपर्ने,किसानलाई सहजरुपमा मल विउको आपुर्ति गरिनुपर्ने,उन्त विउ विजनको ब्यवस्था,किसान मुखी बजार हुनुपर्ने लगायतका माग राख्दै ज्ञापन पत्र कबुझाएको हो । ईलाका प्रशाशन कार्यालय बुटवलमा संजालले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेललाई ज्ञापन पत्र बुझाएका हुन । ज्ञापनपत्र बुझदै पौडेलले किसानहरुको मागलाई प्रधानमन्त्रिसमक्ष पठाउने जनाएका थिए । देश ब्यापी ज्ञापन पत्र बुझाउने कार्यक्रम अनुसार रुपन्देही शाखाले पनि बुझाएको हो ।

Posted by Butwalonline on 9:21 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "विभिन्न मागहरु राख्दै रुपन्देहीका किसानद्धारा ज्ञापन पत्र"

Leave a reply