भ्याट दर्ताको विरुद्ध इंटा उद्योगीहरुद्धारा चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी
काठमाडौं २० पुष । नेपाल इंटा उद्योग महासंघले राजस्व विभागद्वारा इंटा उद्योगहरुलाई मूल्य अभिबृद्धि कर (भ्याट) मा दर्ता गराउन सूचना प्रकाशित गरेकोप्रति विरोध जनाउादै चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।
महासंघले राजस्व विभागद्वारा गत पुष १८ गतेको राष्ट्रिय दैनिक अखवारहरुमा इंटा उद्योगहरुलाई मूल्य अभिबृद्धि करमा दर्ता गराउन जारी गरिएको सूचना खारेज नगरे इंटा उत्पादन र विक्रि वितरण नै बन्द गरी आन्दोलनमा उत्रिने चेतावनी दिएको हो ।
बुधबार रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलन गर्दै महासंघले अन्तरिम संविधानको अनुसूची १ बमोजिम (अन्तर्राष्ट्रिय मापदण्ड) अनुसार नेपालमा सञ्चालित इंटा उद्योगहरुलाई भ्याटको सट्टा एकमुष्ट अन्त:शुल्क र आयका आधारमा आयकर निर्धारण हुनुपर्ने माग गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले इंटा उद्योगीहरुले तिर्दै आएको राजस्व सरकारी ढुकुटीमा जानुपर्नेमा कर्मचारीको खल्तीमा लैजाने प्रपञ्चको विरोध गर्दै अन्त:शुल्क वापत बुझाईदै आएको कर नै कायम गर्न माग गरे ।
महासंघका सचिव शंकर चन्दले भने इंटा उद्योगमा मूल्य अविबृद्धि कर लागू गरिदा उपभोक्ताहरु मारमा पर्ने भन्दै राजस्व विभागले जवर्जस्ती मू.अ.क मा दर्ता गराउन सूचना प्रकाशित गरेको आरोप लगाए ।