|

आईतबारदेखि ईलाका प्रशाशन कार्यालय बुटवलबाट पनि एमआरपिको फर्म भर्न सकिने

विनोद परियार,रूपन्देही,२० पुस । जिल्ला प्रशाशन कार्यालय रुपन्देहीले ईलाका प्रशाशन कार्यालय बुटवललाई थप जिम्मेवारी दिएको छ । बुटवल र यस क्षेत्रका सर्वसाधरणले सदरमुकाम भैरहवासम्म पुगेर काम गर्नुपर्दा समय र आर्थिक रुपमा खर्चिलो भएकाले बुटवल शाखालाई थप जिम्मेवारी दिईएको हो । प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेलले आफ्नो अधिकारको प्रयोग गरि सुशाशन र यस क्षेत्रमा हुने गलत क्रियाकलाप नियन्त्रणका लागि कारबाही गर्ने अधिकार प्रशाशनलाई दिईएको छ । देशब्यापी माद्यकपदार्थ नियन्त्रणका लागि अभियान शुरु भएपछि जिल्ला प्रशाशनले बुटवल शाखालाई थप जिम्मा दिईएको हो ।

प्रमुख जिल्ला अधिकारी पौडेलले रातको समयमा माद्यकपदार्थ सेवन गरि होहल्ला गर्ने र सवारी साधन संचालन गरेकाहरुलाई नियन्त्रणमा लिई प्रशाशनले कारवाहि गर्नेक्रममा बुटवल शाखाले नै जरिवाना तिराई सचेत गराउने काम भईरहेको बताए । यसअघि यस्तो जरिवना जिल्ला प्रशाशन कार्यालय भैरहवा बाट मात्रै हुने गर्दथ्यो । पौडेलका अनुसार मंसिर र पुस महिनामा मात्रै बुटवलक्षेत्रबाट १ सय ३० जनालाई माद्यक पदार्थ सेवन गरेकाहरुलाई कारवाहि गरिएको छ । ईलाका प्रशाशन कार्यालयमा पत्रकारहरुसंग कुरा गर्दै पौडेलले बुटवल शाखाले नै प्रत्येक ब्यक्तिलाई १ हजार तिराई कारवाहि गरेको बताए । १ सय ३० जनाबाट १ लाख ३० हजार राजस्व समेत उठेको ईलाका प्रशाशन कार्यालय बुटवलले जनाएको छ ।

बुटवलमा प्रंहरीले रातको समयमा माद्यकपदार्थको प्रयोगलाई न्यूनिकरण गर्ने नाममा अनावश्यक दु:ख दिएको भन्ने गुनासो आएकाले यसलाई सुधार समेत गर्ने जनाएका छन् । यसैविच आगामि आईतबारदेखि ईलाका प्रशाशन कार्यालय बुटवलबाट पनि मेशिन रिडेबल पार्सपोर्ट (एमआरपी)को फारम भर्न सकिने ब्यवस्था गरिएको छ । जिल्ला प्रशाशन कार्यालय भैरहवाबाट फर्म दर्ता र वितरण हुदै आएकोमा सर्वसाधरणको सजिलोको लागि बुटवल शाखाबाट पनि एमआरपिको फर्म दर्ता र वितरणको ब्यवस्था गरिएको हो । बुटवल शाखाबाटै काम हुने भएपछि भैरहवासम्म पुगेर सर्वसाधरण दु:ख पाउनुनपर्ने प्रशाशनले जनाएको छ ।

Posted by Butwalonline on 7:29 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आईतबारदेखि ईलाका प्रशाशन कार्यालय बुटवलबाट पनि एमआरपिको फर्म भर्न सकिने"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु