|

अढाई वर्षसम्म सरकार परिवर्तन नगर्ने गरी संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री काग्रेसको प्रस्ताव

काठमाडौ, २० पुष । नेपाली काग्रेसका केन्द्रीय सदस्य डा प्रकासशरण महतले पााच बर्षको कार्यकालमा अढाई वर्षसम्म सरकार विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नपाउने गरी राजनीतिक स्थायीत्व हुने संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीको ब्यवस्थामा जाने नयाा प्रस्ताव अगाडि सारिरहेको छ ।माओवादी र एमालेले अहिलेकै जस्तो संसदीय प्रणालीमा सरकार नबन्दै ढाल्ने योजना बुनिने हुादा राजनीतिक स्थयित्व नहुने तर्क गरिरहेको बेला रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा डा महतले यस्तो नयाा प्रस्ताव सार्वजनिक गरेका हुन ।

क्लबका अध्यक्ष ऋषी धमलाको सभापतित्वमा भएको साक्षात्कारमा उनले भने–महाअभियोग लाग्ने काम बाहेक बहुमतको नामा आधा कार्यकालसम्म सरकार ढाल्न नपाउने ब्यवस्था गरेर निकास निकाल्न सकिन्छ ।
उनले मुलुकमा लोकतान्त्रिक पद्धतिको विकास भईनसकेको र एक पक्ष अझै जनविद्रोह गर्छु भनेर लागिरहेको अवस्थामा प्रत्यक्ष निर्वाचित राष्ट्रपति निरकुंश हुने खतरा औल्याए । उनले भने–नलेखिएको अधिकार प्रयोग गर्न लाग्ने देशमा लेखेरै अधिकार दिए त्यसले झनै के गर्छ गर्छ । राष्ट्रपतिले भोली जनमत संग्रह गरेर आफूलाई आजिवन राष्ट्रपति पनि बनाउन सक्छ ।

उनले मुलुकको राजनीतिले निश्चित बाटो नसमातिसकेको अवस्थामा अधिकार एक ब्यक्तिमा मात्रै सिमित गरिए निरकुंशता हावी हुने आशंका ब्यक्त गरे ।डा महतले राज्यलाई समावेशी बनाउने निर्णय गरेर एक दुई ब्यक्तिमा अधिकार सिमित गर्नु समावेशीताको मान्यताकोलागी विरोधाभाष पूर्ण कुरा भएको दावी गरे ।
उनले राष्ट्रपति केन्द्र र प्रान्तको विधायिकाबाट निर्वाचित भए उसलाई जनताबाट चुनिएको जस्तो दम्म नहुने भएकोले पनि शक्ति सन्तुलन हुने तर्क गरे । उनले शासकीय स्वरुपमा गंभिर मतभेद कायम रहेकोले पनि सार्थक छलफलकोलागी काग्रेसले केही समय माग गरेको बताए ।

साक्षात्कारमा स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले निरकुंश हुन बाट रोक्ने ब्यवस्था गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणालीमा जानु पर्ने भन्दै सरकार नबन्दै ढाल्ने र बाडी चुडी खाले परम्पराबाट माथि उठेर राजनीतिक स्थायीत्वकोलागी पनि प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुने शासकीय स्वरुपमा जानु पर्ने धारणा राखे ।
उनले अहिलेकै शासन ब्यवस्था भए मुलुक भ्रष्टाचारमा डुब्ने दावी गरे ।

नेकपा एमालेका नेता रघुवीर महासेठले अहिलेसम्मका कुनै पनि सरकारले पुरा अवधी काम गर्न नपाएकोले विकास हुन नसकेको दावी गर्दै विकासकोलागी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने र संसदबाट निर्वाचित हुने प्रधानमन्त्री सहितको फ्रेन्च मोडलको शासन प्रणाली उपयूक्त हुने धारणा राखे । उनले भने–अहिले सरकार बनाएपछि आधा समय सरकार बचाउनै लगाउनु पर्छ । अनि कसरी विकास हुन्छ ?उनले राष्ट्रपति वा प्रधानमन्त्री जो भए पनि एक जना कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचित हुनु पर्नेमा जोड दिदै नेकपा एमाले यसबाट पछाडी नहड्ने र काग्रेसपनि अन्तिममा यसैमा आउने दावी गरे ।उनले पहिला नै यस विषयमा दलहरुवीच सहमति भईसकेको दावी गर्दै अहिले आएर विवाद गर्दा संविधान नबन्ने खतरा बढेको बताए ।

Posted by Butwalonline on 7:21 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अढाई वर्षसम्म सरकार परिवर्तन नगर्ने गरी संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री काग्रेसको प्रस्ताव"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु