|

३७ नयाँ नगरपालिकाको घोषणा भोली हुने

काठमाडौ, २० पुष । स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले दश दिनभित्र स्थानीय निकाय सञ्चालनकोलागी नयाँ संयन्त्र गठन गर्ने घोषणा गरेका छन् ।रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा मन्त्री रायमाझीले संविधानसभामा जिल्लामा दलले पाएको मतको आधारमा नयाँ संयन्त्र गठनको तयारी भएको खुलासा गरे ।

क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा उनले बढी मत पाउने दल अध्यक्ष त्यसपछिको दल क्रमस उपाध्यक्ष सहितका पदमा राखेर संयन्त्र गठन गरिने जानकारी दिए ।
उनले ५ देखि बढीमा ९ सदस्यीय संयन्त्र गठनको तयारी भईरहेको खुलासा गर्दै तत्कालकोलागी स्थानीय राजनीतिक दलसाग सल्लाह गरेर जिल्लामा एलडिओ, नगरपालिकामा कार्यकारी अधिकृत र गाविसमा सचिवको नेतृत्वमा स्थानीय निकायका विकास निर्माणका काम सञ्चालन गर्ने निर्देशन दिईएको बताए ।
दलहरुसाग प्रयाप्त छलफल नै नगरि पहिला निर्माण गरिएको संयन्त्र भ्रष्टाचारमा लिप्त भएकोले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन अनुसार विघठन गरिएको जानकारी दिदै अब दलहरुसागको छलफलको आधारमा नयाा संयन्त्र निर्माण गरिने बताए ।

यद्यपि उनले सबै भन्दा उपयूक्त विकल्प भने स्थानीय निकायको निर्वाचन नै भएकोमा जोड दिदै दलहरुवीच सहमति भए तत्कालै नभए आगामि मंसिर भित्र नयाँ निर्वाचन गर्न सकिने दावी गरे ।उनले भने–अहिले निर्वाचन गर्दा शान्ति प्रक्रिया र संविधान निर्माण कार्यमा अवरोध हुन सक्ने भएकोले अहिले तयारी गरेर संविधानसभाको निर्वाचन पछि मंसिर सम्ममा निर्वाचन गर्नुको विकल्प छैन ।मन्त्री रायमाझीले विकास बजेटमा सबैभन्दा बढी तराई र हिमालमा भ्रष्टाचार भएको भन्दै मन्त्रालयले भ्रष्टाचार नियन्त्रणकोलागी छापामार शैलीमा छापामार्ने तरिका अबलम्बन गरेर काम समेत थालिसकेको जानकारी दिए ।उनले भोली मन्त्रालयले थप ३७ वटा नयाा नगरपालिका घोषणा गर्ने जानकारी पनि साक्षात्कारमा दिए । ३७ नयाा नगरपालिका घोषणा पछि नेपालमा महानगर, उपमहानगर र नगरपालिकाको संख्या ९५ पुग्ने छ ।
मन्त्री रायमाझीले प्रधानमन्त्री डा बाबुराम भट्टराई सरकारको कामको समिक्षा गर्ने बेला अहिले भई नसकेको बताए पनि सरकार दुधले धोए जस्तो चोखो भने नभएको धारणा राखे । उनले बाहिर आएजस्तो आफ्नो मन्त्रालयमा एक जना पनि सरुवा नगरेको दावी गर्दै लामो समयदेखि काजमा बसेका १ सय २८ जना कर्मचारीलाई दरबन्दीमा फर्काउने काम मात्र भएको जानकारी दिए ।

साक्षात्कारमा नेपाली काग्रेसका केन्द्रीय सदस्य डा प्रकासशरण महतले सरकारले कसैसाग पनि छलफल नगरी संयन्त्र विघठन गरेको भन्दै खारेजीको निर्णय फिर्ता हुनु पर्ने धारणा राखे । उनले माओवादी नियन्त्रित विकास योजना अगाडि बढाउन पहिलाको भन्दा उपयूक्त विकल्प नदिई संयन्त्र खारेजको गरेको आरोप लगाए ।
डा महतले दलहरुवीचको सहमतिमा अझै राम्रो विकल्प तयार गरेर संयन्त्र खारेज भएको भए उपयूक्त हुने तर्क गरे ।

नेकपा एमालेका नेता रघुवीर महासेठले राजनीतिक संयन्त्रको कारण स्थानीय निकायमा ब्यापक भ्रष्टाचार भएको भन्दै संयन्त्र खारेजीको सरकारको निर्णय सहि भएको दावी गरे।उनले राजनीतिक दलले विकासको काम गर्दा कर्मचारीले राम्ररी अनुगमन गर्न नसकेको यथार्थ बताउादै अब कर्मचारीले काम गर्ने र राजनीतिक संयन्त्रले अनुगमन गर्ने ब्यवस्था गर्नु पर्ने प्रस्ताव गरे । यद्यपि उनले दलहरुसागको छलफलमा संयन्त्र विघठन गरिएको भए राम्रो हुने थियो भन्ने धारणा ब्यक्त गरे ।

Posted by Butwalonline on 7:12 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "३७ नयाँ नगरपालिकाको घोषणा भोली हुने"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु