एमाले रुपन्देही शुरु गरेको दक्षिण जाऔं अभियान जारी
बुटवल,रास । नेकपा एमाले रुपन्देहीले शुरु गरेको दक्षिण जाऔं, संगठन विस्तार गरौं अभियान अन्तर्गत रुपन्देहीको क्षेत्र नं. ५ पट्खौली गाविस वडा नं. ५ को वडा कमिटी गठन गरेको छ । नवगठित वडा कमिटीको अध्यक्षमा अनिरुद्र धवल, उपाध्यक्षमा लक्ष्मण धवल, सचिव धिरेन्द्र चौधरी तथा सहसचिवमा सुकई हरिजनलाई चयन गरीएको छ ।
त्यसैगरि सदस्यहरुमा विक्रम धवल, जयपाल हरिजन, भग्गैवति मल्लाह, भगवन्त मल्लाह र धनपत हरिजनलाई चयन गरेको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले वडा तहका कमिटीहरु पार्टिका खम्बा भएको बताउंदै वडा तहबाट नै पार्टिलाई क्रियाशिल बनाउनुपर्नेमा जोड दिएका थिए । सो अवसरमा एमाले जिल्ला कमिटी सदस्य ऋषिराम पाण्डे, क्षेत्र नं. ५ का सदस्य गजेन्द्र सिंह, ईलाका उपाध्यक्ष चिन्ताहरण कोहार लगायतले नवगठित कमिटीलाई बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रम वडा अध्यक्ष अनिरुद्र धवलको अध्यक्षता तथा ईलाका अध्यक्ष मातृका यादवको संचालनमा सम्पन्न भएको थियो ।