नेपालका ख्यातीप्राप्त कलाकार अरनिकोको सम्झनामा विविध कार्यक्रम गरी मनाउने
विनोद परियार ,बुटवल, पुस २०-नेपालका ख्यातीप्राप्त कलाकार अरनिकोको सम्झनामा नेपाल कमर्सियल आर्टिस्ट संघ रुपन्देहीले यही विनोद परियार ,बुटवल, पुस २३ गते अरनिको दिवस विविध कार्यक्रम गरी मनाउने निर्णय गरेको छ । संघको बुधबार बसेको कार्यसमितिको वैठकले अरनिको दिवसका अवसरमा गत वर्ष हिलपार्कमा गरिएको राष्ट्रिय स्तरको प्रस्तर मुर्तिकलाको समीक्षा र आगामी कार्यक्रमबारे छलफल गर्ने निर्णय गरेको हो ।संघका अध्यक्ष एचबी रम्तेलको अध्यषतामा बसेको वैठकमा सचिव बेनु थापा,अरनिको पुरस्कारबाट पुरस्कृत यमबहादुर थापा सल्लाहकार मन गोल्डी,कोषाध्यक्ष राजकुमार लिगल र सदस्य लक्ष्मण श्रेष्ठले आआफ्ना धारणा राखेका थिए । दिवसका अवसरमा वनभोज कार्यक्रम समेत गरिने संघले जनाएको छ ।
