सामुदायिक योग तथा प्राकृतिक चिकित्सा केन्द्रलाई राष्ट्रिय स्तरमा स्थापना गरिने
विनोद परियार ,बुटवल, पुस २० । नेपाल सामुदायिक योग तथा प्राकृतिक चिकित्सा केन्द्र सैनामैना चारपालाको प्रचार समितिको बैठक बुधबार बुटवलमा बसेको छ । प्रचार संयोजक चिन्तामणि भुषालको अध्यक्षता तथा सदस्य नारायण प्रसाद गौतमको सञ्चालनमा भएको बैठकले बिभिन्न निर्णयहरु गरेको छ ।चिकित्सा केन्द्रलाई राष्ट्रिय स्तरको चिकित्सा केन्द्र बनाउनका लागि पहल गर्ने निर्णय गरेको छ । त्यस्तै प्रचार समितिमा सोही क्षेत्रका पत्रकारहरु प्रदिप आचार्य, भवानीप्रसाद पाण्डे, अमृत गिरी, लक्ष्मण पोखरेल, कपिल ज्ञवाली र छबि पाण्डेलाई थप गर्ने प्रस्ताव गरेको छ । सस्थाका अध्यक्ष रामप्रसाद भट्टराई, राससका पुर्ब अध्यक्ष बालकृष्ण चापागाईको आतिथ्यतामा सम्पन्न बैठकमा सदस्यहरु ऋषि आजाद, केशव भण्डारीलगायतको उपस्थिति रहेको थियो ।पर्राहा ६ सैनामैना र बुनपा १४ को चारपाला क्षेत्रको करिव १२ बिगाहा जग्गामा उक्त चिकित्सा केन्द्र स्थापना गर्न लागिएको छ ।
