|

सवारी दुर्घटना कमगर्न बिद्यालय स्तरमा ट्राफिक नियम सम्बधि जनचेतना फैलाउने

कपिलवस्तु,२० पुस-कपिलवस्तुका प्रहरी उपरिक्षक सुरेश बस्नेतले देश र जनताको सुरक्षाका लागि प्रहरी सदैब निष्पक्ष, पारदर्शि र इमान्दारी बन्नुपर्ने बताएका छन । इलाका प्रहरी कार्यालय पिपराको आयोजनामा भएको स्बागत एबम् परिचयात्मक कार्यक्रममा बोल्दै कपिलवस्तुमा बढ्दै गएको लागुपदार्थ दुब्र्यसनि र बन फडानी नियन्त्रणमा आफु कटिबद्ध रहने वताए । जिल्ला वासिले सहयोग पुर्याएमा प्रहरीले अपराध, अवैध चोरी निकासी नियन्त्रण गर्न सफल हुने उनको धारणा थियो । ईलाका प्रहरी कार्यालय पिपराका सेवा क्षेत्रका सरोकारवाला प्रतिनिधिहरुको सहभागीतामा संचालन गरिएको कार्यक्रममा वोल्दै प्रहरी उपरिक्षक वस्नेतले राजमार्गमा हुने सवारी दुर्घटना कम गर्न बिद्यालय स्तरमा ट्राफिक नियम सम्बधि जनचेतना फैलाउने कार्यक्रम संचालन गर्न लागेको जानकारी गराएका थिए ।

Posted by Butwalonline on 9:23 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सवारी दुर्घटना कमगर्न बिद्यालय स्तरमा ट्राफिक नियम सम्बधि जनचेतना फैलाउने"

Leave a reply