|

सवारी साधनको ढोकामा झुण्डिएर या छतमा बसेर यात्रा गर्दा हुने क्षतीको क्षतिपूर्ति संघले नदिने

बुटवल,रास, पुस २० । पश्चिम नेपाल बस व्यवसायी संघले सवारी दुर्घटनालाई न्यूनिकरण गर्ने उद्देश्यले सवारी साधनको ढोकामा झुण्डिएर या छतमा बसेर यात्रा गर्दा हुने क्षतीको क्षतिपूर्ति नदिने निर्णय गरेको छ । संघका अध्यक्ष कलाधर न्यौपानेको अध्यक्षतामा बुधबार बसेको कार्यसमिती बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सवारी साधनमा झुण्डिएर तथा छतमा यात्रा गर्दा हुने दुर्घटनाका घाईतेहरुको उपचार समेत संघले नगर्ने निर्णय गरेको छ । संघका अध्यक्ष न्यौपानेले सवारी साधनको छतमा तथा ढोकामा झुण्डिएर यात्रा गर्दा दुर्घटनाको जोखिम बढेको बताउंदै त्यसलाई निरुत्साहित गर्न यस्तो निर्णय गरिएको बताए । अध्यक्ष न्यौपानेले वर्षेनी हुने सवारी दुर्घटनाका कारण संघले वर्षेनी करोडांैको भौतिक तथा आर्थिक क्षति व्यहोर्नु परेकोले संघले दुर्घटना न्यूनिकरण गर्न शुरु गरेको अभियानलाई सहयोग गर्न सबैसंग अनुरोध समेत गरे । बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनिकरण गर्न पश्चिम नेपाल बस व्यवसायी संघले पछिल्लो समयमा विभिन्न अभियान संचालन गर्दै आएको छ ।

Posted by Butwalonline on 9:31 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सवारी साधनको ढोकामा झुण्डिएर या छतमा बसेर यात्रा गर्दा हुने क्षतीको क्षतिपूर्ति संघले नदिने"

Leave a reply