अफगानिस्तानमा एक बि्रटिस गोर्खा सैनिकको मृत्यु
काठमाडौ, माघ १५ - अफगानिस्तानको हेलमन्ड प्रान्तमा 'सैनिक अपरेसन' मा एक बि्रटिस गोर्खा सैनिकको मृत्यु भएको छ । बेलायती राजदूतावासद्वारा शनिबार जारी विज्ञप्तिमा शुक्रबार खरनिख भन्ने ठाउँमा उनको मृत्यु भएको हो । ती सैनिकको पहिचान भने खुलाइएको छैन ।