चिनियाँ प्रधानमन्त्रीको व्यस्तताले गर्दा भ्रमण स्थगित भएको
![]() |
प्रधान मन्त्री बाबुराम भट्टराईसँग भेट गर्दै चिनिया राजदूत। तस्बिर:प्रमको कार्यालय |
बिहीबार बिहान प्रधानमन्त्री बाबुराम भट्टराईसँग भएको भेटमा राजदूत होउलानले चीनको आर्थिक वर्ष अन्त्य हुने बेला भएकाले भ्रमण स्थगित गर्नुपरेको बताए । डिसेम्बर २० देखि हुने तीन दिने भ्रमण अचानक स्थगित भएकोमा सञ्चारमाध्यममा अनेक अड्कलबाजी सुरु भएपछि प्रधानमन्त्रीलाई भेट्न राजदूत बिहानै बालुवाटार गएका थिए ।
‘चीनको आर्थिक वर्ष सकिनेबेला भएकाले उहाँ (चिनियाँ प्रधानमन्त्री) व्यस्त हुनुपर्ने भयो,’ होउलानको भनाइ उद्यृत गर्दै प्रधानमन्त्रीका स्वकीय सचिव विश्वदीप पाण्डेले ईकान्तिपुरसँग भने, ‘मिडियामा आएजस्तो अरु कारण छैन ।’
बिहान ८ बजेदेखि आधा घण्टा भएको भेटमा आगामी भ्रमण मितिबारे पनि छलफल भएको छ । ‘अर्को भ्रमण मिति समय मिलाएर चाँडै तय गरिने सहमति भयो,’ पाण्डेले भने ।
स्रोत :कान्तिपुर
