|

युवा क्षेत्रबाट सृजनशिल युवाको रुपमा मन भण्डारी सम्मानित

कृष्ण आचार्य,दैलेख २८-युवा नेतृत्व तथा बिकासमा योगदान पुर्‍याको भन्दै रंग नेपाल राष्टीय सम्मान २०११ बाट दैलेखका मन भण्डारी सहति देश भरिका ९ जना युवा आज काठमडौंमा सम्मानितभएका छन । केशरमहल स्थीत शिक्षा मन्त्रालयमा भएको कार्यक्रममा बरिष्ठ कवि तथा गितकार रत्न शमशेर थापाले ताम्र पत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभयो । दैलेखका मन भण्डारी सहित देश भरिका नौ जना यूवालाई सो सम्मान गरिएको हो । यूवा नेतृत्व तथा विकासमा योगदान दिएकोमा बागेश्वरी असलसासन क्लब बासका उपनिर्देसक मन भण्डारि सम्मानित हुनु भयको छ

भ्रष्टाचार बिरुद्ध क्रियाशिल बासका उपनिर्देशक मन भण्डारी काठमाण्डौंमा आयोजित एक बिशेष कार्यक्रममा सिनेप अवार्ड २०११ बाट सम्मानित भएका छन् । साहित्य, कला र युवाका क्षेत्रमा क्रियाशिल कलर नेपालले शिक्षा मन्त्रालयको केशर पुस्तकालयमा आयोजना गरेको कार्यक्रममा उपनिर्देशक भण्डारीलाई युवा क्षेत्रबाट सृजनशिल युवाको रुपमा सम्मान गरिएको हो ।

कार्यक्रममा ताम्रपत्र प्रदान गर्दै बरिष्ट साहित्यकार रत्न शम्सेर थापाले भण्डारी लगाएत ९ जनालाई सम्मान गरेका हुन् । सम्मानित हुने अन्य व्याक्तिहरुमा अर्थबाट बाराका बिनोद ढकाल, चित्रकारिताबाट स्यााजाका देबेन्द्र थुम्केली, समाज सेवाबाट काठमाण्डौं बौद्धका बिक्कि पेलेस्टो, रंग क्षेत्रबाट काठमाण्डौंका राजन खतिवडा, संचारबाट दांगका आदिम के.सी., शिक्षाबाट काठमाण्डौंका मञ्जिल राना, पर्यटन तथा संस्कृतिबाट बर्दियाका भुपेन्द्र शर्मा पौडेल, व्यवस्थापनबाट काठमाण्डौंका दिपक थापा रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथी साहित्यकार रत्न शम्सेर थापा, टुडेज युथ एसियाक संस्थापक सन्तोष शाह, सभासद सुनिल बाबु पन्त, केशर पुस्तकालयका प्रमुख जानकी कर्माचार्य र बिजयताका तर्फबाट मञ्जिल राना र राजन खतिवडाले बोलेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष निर्मल कुमार थापाको सभापतित्वमा सम्पन्न कार्यक्रम संस्थाकी शितल दाहालले संचालन गरेकि थिईन् ।

Posted by Butwalonline on 7:55 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "युवा क्षेत्रबाट सृजनशिल युवाको रुपमा मन भण्डारी सम्मानित"

Leave a reply