|

आफ्नै घरमा बोलाइएका पहुनालाई गोली हानी हत्या

धनगढी, पुस २ - मदिराको मातमा रहेको एक साथीले आफ्नै घरमा बोलाइएका पहुनालाई गोली हानी हत्या गरेका छन्। कैलाली चौमला ४ भोजपुर बस्ने जग्गु चौधरीले त्यहीँकै मञ्जन चौधरीलाई भरुवा बन्दुकले गोली हानेको प्रहरी उपरीक्षक बसन्त पन्तले जानकारी दिए।

आफ्नै घरमा बोलाएर रातिसम्म मदिरा खाँदा विवाद भएपछि गोली चलेको थियो। चौधरीको छातीमा गोली लागेको छ। अभियुक्त जग्गु चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुबै मजदूरी गर्दै आएकोसमेत बताएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
                                                                                                                                            स्रोत :नागरिक 

Posted by Butwalonline on 7:35 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आफ्नै घरमा बोलाइएका पहुनालाई गोली हानी हत्या"

Leave a reply