नवलपरासीमा हावाबाट बिजुली उत्पादन
काठमाडौं, पुस २- एसियाली विकास बैंकको सहयोगमा देशमै पहिलो पटक हावाबाट बिजुली उत्पादन गरिएको छ। नवलपरासीको धउवडी गाउँमा हावाबाट बिजुली उत्पादन गरेर ४६ घरलाई उज्यालो बनाइएको छ। हावाबाट चल्ने दुईवटा पंखा मार्फत पाँच किलोवाट बिजुली उत्पादन गरिएको छ।
त्यस्तै सोलारका १८ वटा प्यानल राखेर दुई दशमलव तीन किलोवाट बिजुली उत्पादन गरेर गाउँमा वितरण गरिएको छ।'हाम्रो गाउँ निकै अग्लो ठाउँमा रहेकोले हावाबाट बिजुली निकाल्न संभव भएको हो,' बिद्युत उपभोक्ता समितिका अध्यक्ष जसबहादुर आलेमगरले भने। नवलपरासीको पूर्बपश्चिम राजमार्गमा पर्ने दलदले बजारबाट २३ किलोमिटर उत्तरतर्फ धउबडी गाउँ छ। हावा र सोलारबाट बिजुली उत्पादन गरेर स्थानीय बासिन्दाको घरमा उज्यालो बनाउनेदेखि लिएर टेलिभिजन हेर्न, खानेपानी तान्न र मिल चलाउन समेत प्रयोग हुने भएको छ। 'पहिले उज्यालोको लागि रक्सीको बोतलको बिर्कोलाई प्वाल बनाएर टुकी बाल्नुपर्थ्यो, अहिले ती दिन गए,' आलेमगरले भने। यो ठाउँमा हावा र सोलारबाट ४३ दशमलव ६ मेगावाट बिजुली उत्पादन गरेर वितरण गरिनेछ। बिजुलीलाई सिंचाई, मिल सञ्चालनमा समेत प्रयोग गर्ने योजना छ।
विद्युत प्राधिकरणको लाइन पुगेको ठाउँमा दैनिक ६ घण्टा लोडसेडिङ भएपनि धउबडी गाउँमा चौबिसै घण्टा बिजुली हुन्छ। हावा र सोलारबाट निस्किएको बिजुलीलाई एकैठाउँमा एकीकृत गरि व्याट्रीमा चार्ज गरिने व्यबस्था मिलाइएको छ। व्याट्री चार्ज भएपछि चौबिसै घण्टा यसले ऊर्जा दिन्छ।
गाउँलेले यो बिजुली लिनको लागि ५ हजार रुपैयाँ धरौटी बुझाएका छन्। मासिक तीनसय रुपैयाँ महसुल बुझाएपछि जतिपनि बिजुली बाल्न पाइने व्यबस्था गरिएको छ। उपभोक्ता समितिले प्रतिघर बिजुलीको चारवटा चिम समेत उपलव्ध गराएको छ।यो आयोजनाको उद्घाटन शुक्रबार वातावरण राज्यमन्त्रि दुर्गादेबी महतोले काठमाडौंबाटै गरिन्। कार्यक्रममा एसियाली विकास बैंकका दक्षिण एसियाली विभाग प्रमुख सुल्ताज हाफिज रहमानले यस्तो प्रकारको नमूना परियोजना पहिलो पटक नेपालमा एडिबीले सुरु गरेको बताए।
'सन् २००९ मा बैंकले लिएको सबैका लागि ऊर्जा नीति अनुसार सन् २०३० सम्मको लागि हरेक वर्ष २ अर्ब डलर नवीकरण ऊर्जामा लगानी गर्दैछौं,' रहमानले भने। उनले नेपाललाई यस्तो सहयोग लिनको लागि आग्रह समेत गरे।
वातावरण मन्त्रालयका सचिव कृष्ण ज्ञवालीले सानो कामले पनि ठूलो खुशी ल्याउन सक्छ भन्ने उदाहरण नवलपरासीको यो आयोजना भएको उल्लेख गरे। सरकारले नवीकरणीय ऊर्जामा नयाँ नीति ल्याउन लागेको उल्लेख गर्दै त्यसबाट ग्रामीण क्षेत्रमा समेत उज्यालो बनाइने उनले बताए। अर्थ सचिव कृष्णहरि बास्कोटाले बैकल्पिक ऊर्जाले महिलाको जीवनस्तरमा परिवर्तन ल्याउँछ भन्ने उदाहरण नवलपरासीको वायु ऊर्जा भएको उल्लेख गरे।
कार्यक्रममा बैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका सूर्यकुमार सापकोटाले नेपालमा बायुऊर्जाको माध्यमबाट तीनहजार मेगावाट बिजुली निकाल्न सकिने जानकारी दिए। नेपालमा २३ वर्ष अघि मुस्ताङ र काभ्रेमा बायुऊर्जा उत्पादन सुरु भएपनि व्यबसायीक रुपमा सफल मानिएको पहिलो आयोजना भने नवलपरासीको यही केन्द्र भएको छ।
स्रोत :नागरिक न्युज