तरुण दलबाट चितवन बन्द आहृवान,सवारी आवागमन ठप्प
काठमाडौ, पुस २ - चितवन कारागारमा भएको आक्रमणमा गम्भीर घाइते भएका तरुण दल चितवनका अध्यक्ष शिव पौडेलको उपचारका क्रममा शनिबार बिहान निधन भएको छ । काठमाडौं बाँसबारीस्थित न्यूरो अस्पतालमा बिहान ३ बजे उनको निधन भएको हो ।
हत्या अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका बेला मसिंर २० गते पौडेलमाथि एक समूहले आक्रमण गरेको थियो । आक्रमणमा गम्भीर घाइते पौडेलको चितवनमै उपचार भइरहेकोमा मसिंर २८ गते उनलाई काठमाडौं ल्याइएको थियो ।
पौडेलको निधनको खबर सुनेर कांग्रेसी नेताहरु न्यूरो अस्पताल पुगेका छन् । कांग्रेस केन्द्रीय समितिको आकास्मिक बैठक बोलाइएको छ । चितवनमा शान्ति सुरक्षा बिग्रिन नदिन स्थानीय प्रशासनले सुरक्षा सतर्कता बढाएको छ ।
कारागार भित्रै पौडेलमाथि आक्रमण भएपछि सरकारले त्यतिबेला चितवनका प्रमुख जिल्ला अधिकारी,एसपी, कारागार प्रमुख लगायत अन्य केही सुरक्षाकर्मीलाई निलम्बन गरेर छानविन सुरु गरेको थियो ।आफ्ना निवर्तमान अध्यक्ष शिव पौडेलको मृत्यु भएको विरोधमा काँग्रेसनिकट नेपाल तरुण दलले चितवन जिल्ला बन्दको आहृवान गरेको छ ।
बन्दका कारण पूर्वपश्चिम महेन्द्र राजमार्गको हेटौँडा-नारायणगढ सडक खण्डलगायत सहायक सडकहरुमा यातायातका साधन चलेका छैनन । यस्तै तरुण दलका कार्यकर्ताले बजार-पसल र शिक्षणसंथा बन्द गराउँदै हिँडेका छन् । बन्दकर्ताले नारायणगढको पुलचोक, भरतपुरको चौबीसकोठी र केन्द्रीय बस टर्मिनल र रत्ननगर नगरपालिकाको टाँडीलगायतका स्थानमा जम्मा भएर प्रदर्शन गरिरहेका छन् । तरुण दलले मृतक पौडेललाई सहिद घोषणा, उनीमाथि लागेका सबै मुद्धा फिर्ता र घटनाका दोषीमाथि कारबाहीको माग गरेको छ ।
स्रोत :कान्तिपुर