|

महानायक राजेश हमाल अब 'मेरी बास्सै'मा

काठमाडौं, मङ्सिर २३ - अभिनेता राजेश हमाल हास्य शृंखला 'मेरी बास्सै'मा देखिने भएका छन्। शनिबार प्रसारण हुने सिरियलमा उनी 'राजेश हमाल'कै भुमिकामा देखा पर्न लागेका हुन्। आउँदो तीन शृंखलामा उनको उपस्थिति देखिने निर्देशक एवं कलाकार सीताराम कट्टेल 'धुर्मुस'ले बताए। 'सिरियलमा उहाँकै प्रसंग छ। मैले क्यारिकेचर गरेर फैलाएको भ्रम चिर्न उहाँको प्रवेश हुन्छ,' सीतारामले भने।

अहिलेसम्म सिरियलमा अभिनय नगरेका हमाल कन्सेप्ट मन परेकोले 'मेरी बास्सै'का लागि राजी भएको उनले बताए।मंगलबार राति नै राजेशको सुटिङ सकाएका छन् सितारामले। अबको तीन हप्ता 'राजेश हमाल विशेष' हुने उनको दाबी छ। 'सुरुमा त यो अफरलाई अपमान गरेको ठान्ने हो कि जस्तो लागेको थियो। कथा सुनाएपछि राजी हुनुभयो,' योजना सफल भएपछि फुर्किएका सीतारामले भने, 'पारिश्रमिकको कुरा गर्ने मौका नै पाइएन। हाम्रो गच्छे अनुसार सम्मानजनक रकम दिन्छौं।'
                                                                                                                                    स्रोत :नागरिक न्युज 

Posted by Butwalonline on 10:53 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "महानायक राजेश हमाल अब 'मेरी बास्सै'मा"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु