|

फेरी अर्को बिमान दुर्घटना,मकालु एयरको जहाज धावनमार्गबाट पल्टियो

ताल्चा (मुगु), मंसिर ५ - मुगुको ताल्चा विमानस्थलमा सोमबार साँझ मकालु एयरको जहाज दुर्घटना भएको छ । दुर्घटनामा जहाजको अघिल्लो भाग जले पनि मानवीय क्षति भएन ।

नेपागन्जबाट साँझ ४ बजे ताल्चा विमानस्थल आएको विमान धावनमार्गबाट पल्टिएर बाहिर पुगेको छ । चालक तथा यात्रु भने तत्कालै जहाजबाट बाहिर निस्किएका थिए । चार्टर्ड उडानमा ताल्चा आएको विमानमा ६ यात्रु थिए ।

विमान चालक पीजे शाह सामान्य घाइते भएका छन् । उनको उपचारका लागि जिल्ला अस्पतालबाट चिकित्सक टोली ताल्चा आएको छ ।

ताल्चा विमानस्थलमा यसअघि तीनपटक जहाज दुर्घटना भएको थियो । धावन मार्ग फराकिलो नहुँदा अवतरणमा समस्या भएको विमान चालकहरुले पनि गुनासो गर्दै आएका थिए ।
                                                                                                                                          स्रोत : कान्तिपुर 

Posted by Butwalonline on 5:34 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "फेरी अर्को बिमान दुर्घटना,मकालु एयरको जहाज धावनमार्गबाट पल्टियो"

Leave a reply