|

आफ्नै छोरी बलात्कार गर्ने नरपशु -बाबु पक्राउ

धनकुटा, मंसिर ५ - सान्ने ८ का ४३ वर्षीय देवेन्द्र अधिकारीले आफ्नै छोरीलाई आइतवार राति बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

बाबुबाट बलात्कृत भएपछि किशोरीले प्रहरीमा सोमवार उजुरी गरेपछि अभियुक्तलाई पक्राउ गरिएको प्रहरी निरीक्षक विनोद शर्माले जानकारी दिए । विद्यालयको गृहकार्य गरेर सुत्न लाग्दा बाबुले बलत्कार गरेको पीडितले बताइन् ।

‘भुईँतलामा होमवर्क गर्दै थिए’, उनले घटनाबारे सुनाइन्, ‘रेडियो सुनिरहेका बुवाले अकस्मात अपराध गर्नु भयो ।’ घटनाबारे आमालाई सुनाएपछि सोमवार बिहान जिल्ला प्रहरी कार्यालयमा पीडित युवतिले रुँदै गुहार मागेकी थिइन् । प्रहरीले अधिकारकर्मी, सञ्चारकर्मी, महिलावादी संघसंस्थाका प्रतिनिधि र कानुन व्यवसायी भेला गरी घटनाबारे जानकारी गराएको छ ।

सहभागी सामु पीडितले आफुलाई बचाउन बारम्बार अनुरोध गरिन् । मानसिक रुपमा समेत निकै विछिप्त बनेकी पीडितले अपराधमा सम्लग्न बाबुलाई कारवाहीको माग गरिन् । उनको उजुरीको आधारमा प्रहरीले तत्काल पक्राउ गरी हाल हिरासतमा राखेको छ ।

घटनाबारे प्रहरीले अदालतमा मुद्धा अघि सार्ने जनाएको छ । बारम्बार मादक पदार्थ खाएर पत्नि र छोराछोरीलाई शारिरीक र मानसिक यातना दिने गरेको पीडितले बताइन् ।
 
                                                                                                                                         स्रोत :कान्तिपुर 

Posted by Butwalonline on 5:43 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आफ्नै छोरी बलात्कार गर्ने नरपशु -बाबु पक्राउ"

Leave a reply