|

ट्रेड युनियन कांग्रेस स्वतन्त्रको दोस्रो जिल्ला परिषद् सम्पन्न

मुक्तिप्रसाद न्यौपाने,पौष ५, पाल्पा-नेपाल ट्रेड युनियन कांग्रेस स्वतन्त्र पाल्पाको दोस्रो जिल्ला परिषद् विपी स्मृति भवन तानसेनमा सम्पन्न भएको छ । नेपाल ट्रेड युनियन कांग्रेस स्वतन्त्रसंग आवद्ध विभिन्न संघसंस्थाहरुको सहभागितामा भएको परिषद्ले श्रमिकहरुको संगठन विस्तार गर्ने निर्णय भएको छ । यस्तै विभिन्न रचनात्मक कार्यगर्ने, कांग्रेस स्वतन्त्रसंग आवद्ध हुन चाहने तथा नया संघसंस्थालाई संगठित गर्दै अगाडि बढाउने विभिन्न आवद्ध संस्था र नेपाली कांग्रेस पाल्पासंग अन्तरक्रिया गर्ने निर्णय गरेको छ ।सचिव चित्रवली राम सुवालको प्रतिवेदन र कोषाध्यक्ष वेदराम श्रीसको ४ लाख ४० हजारको आर्थिक प्रतिवेदन समेत परिषद्ले पारित गरेको छ । यसअघि परिषद्को कांग्रेस पाल्पाका सभापति बीरबहादुर रानाले उद्घाटन गर्दै कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने बताउनुभयो । उहाले संगठन मजबुद बनाउन झिनामसिना कुरामा नअल्मलीन पार्टी कार्यकर्ता र परिषद्का सहभागीलाई आग्रह गर्नुभयो ।

उहाले श्रमजीवीहरुलाई सम्मान गर्ने कांग्रेस भएकाले संगठनलाई मजवुद गराउनुपर्ने बताउनुभयो । उहाले कांग्रेस घरदैलो अभियान संचालन गर्न लागेको बताउदै संगठन परिचालन गर्नेमा जोड दिनुभयो । कार्यक्रममा कांग्रेस पाल्पाका नेता डा. रामप्रसाद ज्ञवालीले कांग्रेसलाई सशक्त र मजबुद बनाउन देखा परिरहेको देखा परिरहेको कुसंस्कृति हटाउन आवश्यक भएको बताउनुभयो । उहाले उच्च विचार मेहनत र उच्च परिवेशले मात्र संगठन अगाडि बढ्नुपर्ने बताउनुभयो ।

पाल्पा अध्यक्ष मीनबहादुर केसीले जिल्लाका कांग्रेसका भातृसंगठन मजवुद भएर अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । पत्रकार महासंघ पाल्पाका पुर्व सभापति झपेन्द्र गहिरे, कांग्रेस स्वतन्त्रका वरिष्ठ उपाध्यक्ष डुकुलराज घिमिरे, क्षेत्रीय सचिव मधुकर काफ्ले, कांग्रेसका नगर सभापति चकोरमान शाक्य, कांग्रेस पार्टी सचिव माधब नेपाल लगायतले संगठनको लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । कांग्रेस स्वतन्त्रले श्रमिकहरुको बालबच्चालाई निशुल्क अध्ययनका साथै रियोजना मार्फत् तानसेन धरमपानीमा प्रौढ शिक्षा समेत संचालन गरेको छ ।

Posted by Butwalonline on 5:22 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "ट्रेड युनियन कांग्रेस स्वतन्त्रको दोस्रो जिल्ला परिषद् सम्पन्न"

Leave a reply