नेपाल प्रेस युनियन रुपन्देहीको वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न
रुपन्देही,६ मंसिर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एंव युवा नेता गगन थापाले शान्ति प्रकृया टुङग्याउन कांग्रेस अझै लचक हुन तयार रहेको बताउनुभएको छ । उहाले समायोजनमा जाने माओवादी लडाकुहरुको संख्या बढ्दै गए संख्यामा पनि लचकदार हुनुपर्ने बताउनुभयो । नेपाल प्रेस युनियन रुपन्देहीको आज बुटवलमा सम्पन्न वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रममा बोल्दै थापाले माओवादी लडाकुहरुको पुनर्वर्गीकरणका क्रममा समायोजनमा जानेहरुको संख्या बढ्दै जाँदा ६ हजार ५ सय भन्दा माथि पुगेपनि त्यो विषयमा लचकदार बन्नुपर्ने बताउनुभएको हो । माओवादीले विगतमा गरेका निर्णयहरु कार्यान्वयन गर्दै जानुपर्ने कांग्रेस को मान्यता रहेको तथ्य औंल्याउदै उहाँले शान्ति प्रक्रियासाग जोडिएका सवालहरु छिटो टुंग्याउदै माओवादीलाई हतियारबिहीन पार्टीका रुपमा उभ्याउन चाहेको विचार व्यक्त गर्नुभयो ।छिटो भन्दा छिटो शान्ति प्रक्रिया टुंग्याई नयाँ संविधान निर्माणसागै मुलुक आतुर रहेको चर्चा गर्दै उहाले हतियारबिहीन माओवादीलाई चुनावमा हराउन चाहेको बताउनुभयो ।
कांग्रेसले चुनाव जित्नका लागि कांग्रेसलाई लगाइएका आरोपहरु प्रतिवाद गर्नुपर्ने, कांग्रेसका बारेमा फैलाइएका भ्रमहरु चिर्नुपर्ने भन्दै उहाले कांग्रेसको कार्यक्रम ढाचामा समेत परिवर्तन हुनुपर्नेमा जोड दिनुभयो । एकवर्षसम्म कांग्रेसको नेतृत्वले तल्लोस्तरका कुरा सुन्नेमात्रै गर्नुपर्ने आवश्यकता समेत उहाले औंल्याउनुभयो । कार्यक्रममा कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, ,प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष हरि लम्साल, प्रेस युनियनका केन्द्रीय सदस्यहरु रमेश पौडेल, रामराज पोखरेल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दीपक ज्ञवाली,कांग्रेसका क्षेत्रीय सभापति हरिबहादुर आचार्य, बुटवल नगर सभापति खेलराज पाण्डे, प्रेस युनियन रुपन्देहीका संस्थापक अध्यक्ष बालनरसिंह गुरुङ, पत्रकारहरु भवानीप्रसाद पाण्डे, दिनेश पाण्डे, रुद्रहरि कुवर, विक्रम खडका लगायतले बोलेका थिए । यसैविच सोही खवसरमा यूनियनले जिल्लाका पूर्व सभापतिहरुलाई सम्मान गरेको छ ।सम्मानित हुनेहरुमा संस्थापक सभापति बालनरसिंह गुरुङ, पूर्व सभापतिहरु खिमानन्द भट्टराई, अखिल शर्मा, छवि पाण्डे, हरिश ढकाल र रामराज पोखरेल रहेका छन् । उनीहरुलाई कांग्रेसका युवा नेता गगन थापाले सम्मानपत्र प्रदान गर्दै सम्मान गर्नुभएको हो ।