|

कोरियामा एक नेपाली मृत अवस्थामा

सियोल , मंसिर ६ -गुल्मी अरबनी गाविस वडा ४ का ४० वर्षीय इन्द्रबहादूर सुवार सोमबार दक्षिण कोरियाको ईन्छन शहरमा मृत अवस्थामा फेलापरेका छन् ।

लामो समयदेखि अबैधानिक रुपमा बस्दै आएका सुवार बिगत तीन महिनादेखि अस्वस्थ थिए । एक कोरियनको सहयोगमा इन्छन नोरेवन अस्पताल उपचार गरेर फर्केको पाँच दिनपछि उनलाई सोमबार आफ्नै कोठामा प्रहरीले मृत अवस्थामा फेला पारेको हो । हाल उनको शव नोरेवन अस्पतालमा राखिएको छ ।

सियोलस्थित नेपाली राजदुताबासका कर्मचारी दावा शेर्पाका अनुसार परिवारलाई जानकारी गराउन सुवारको विवरण खुलाएर सोमबार नै परराष्ट्र मन्त्रालयमा पत्र पठाई सकिएको छ । मृतक सुवार लामो समयदेखि घर परिवार तथा साथीभाइसंग सम्पर्कबिहीन रहेको र घरवारबिहीन कोरियनहरुसंग सडकमा जीउने गर्दथे । उनको मृत्यूको कारण खुल्न नसके पनि शरीरमा कुनै प्रकारको चोटपटक नदेखिएको र आत्महत्या पनि नगरेको जानकारी प्रहरीले नेपाली दूतावासलाई दिएको छ ।
                                                                                                                                              स्रोत : कांतिपुर 

Posted by Butwalonline on 7:58 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कोरियामा एक नेपाली मृत अवस्थामा"

Leave a reply