|

बन्दको प्रभाव सामान्य

धनगढी, मंसिर ७ - बिभिन्न साना मोर्चाले आव्हान गरेको बन्दको प्रभाव कैलालीमा समान्य परेको छ । धनगढीबाट संचालित हुने लामो तथा छोटो दुरीका सार्वजनिक यतायतका सवारी साधन चलेका छैन्न । मुख्य बजार पनि पूर्ण खुला छैन । फाटफुट निजी मोटरसाईकल लगायतका सवारी साधन चलेका छन । बजारमा केहीले पसल खोलेकै छन । बैंक तथा बित्तिय कारोवार गर्ने सस्था, उद्योगधन्दा भने बाहिरबाट बन्द रहेका छन । स्कुल र कलेज पनि बन्द रहेका छन । त्यस्तै कैलालीको अत्तरिया , सुखड , लम्की लगायतका राजमार्गका बजारमा पनि बन्दको समान्य प्रभाव परेको छ । त्यसैगरि टिकापुरमा पनि समान्य प्रभाव परेको छ ।

थरुहट तराई , तुमवान राष्ट्रिय परिषद , राष्ट्रिय तमाङ्ग, खसान परिषद , नेपाल देशभक्त पार्टी , र संयुक्त आदिवासी मोर्चा लगायतका घटकले शान्ति र संबिधान प्रति सरकारलाई गम्भीरर बनाउने भन्दै बन्दको आव्हान गरेका हुन ।
                                                                                                                                       source:kantipur


Posted by Butwalonline on 9:19 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बन्दको प्रभाव सामान्य"

Leave a reply