|

यात्रु बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु

चितवन, मंसिर ६- यात्रु बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको छ। दुई सवारी आपसमा ठोक्किदा दुर्घटनामा कविलास-३ का ३० वर्षीय यमबहादुर गुरुङ, कविलास-२ का चन्द्रबहादुर गुरुङ र तनहुँ धरमपानीका ३० वर्षीय चिनबहादुर गुरुङको मृत्यु भएको हो।


नारायणगढ मुग्लिन सडकखण्डको कविलास-२ चौधकिलो भन्ने ठाउँमा नारायणगढबाट गोर्खा जाँदै गरेको बा१ख ७४४६ नम्बरको बसले कविलासबाट भरतपुर आउँदै गरेको ना १९ प ९२३२ नम्बरको मोटरसाईकललाई मंगलबार दिउँसो ठक्कर दिँदा दुर्घटना भएको थियो।

बसको ठक्करपछि घाइते तीनै जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा ज्यान गएको चितवन प्रहरीले जनाएको छ। मोटरसाइललाई ठक्कर दिँदा अनियन्त्रित भएको बसका नौं जना यात्रु घाइते भएका छन्। उनीहरुको पनि पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ।

दिउँसो भएको दुर्घटनापछि अस्पतालमा बिरामी खोज्न आएको भिडले वातावरण तनावपूर्ण बनेको अस्पतालले जनाएको छ।
                                                                                                                                          स्रोत : नागरिक 

Posted by Butwalonline on 6:10 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "यात्रु बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु"

Leave a reply