काठमाडौंका विभिन्न ठाउँमा फेरी निषेधित क्षेत्र घोषणा
काठमाडौ, मंसिर ६ - जिल्ला प्रशासन कार्यालयले सभा जुलुस र प्रदर्शन गर्न नपाउने गरी काठमाडौंका विभिन्न ठाउँमा निषेधित क्षेत्र घोषणा गरेको छ । सुरक्षा संवेदनशिलतालाई दृष्टिगत गरी बुधबारदेखि लागू हुनेगरी प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको जनाएको छ ।
संविधानसभाको म्याद थप्ने मिति नजिकिंदै गर्दा विभिन्न दल र संघसंस्थाले धर्ना र विरोधका कार्यक्रमको घोषणा गरेको बेला प्रशासनले यस्तो सूचना निकालेको हो । राष्ट्रपतिको कार्यालयको कम्पाउण्ड वरपर ५० मिटर, उपराष्ट्रपतिको कम्पाउण्ड, प्रधानमन्त्री निवास बालुवाटार निषेधित क्षेत्रमा परेका छन् । माईतीघर मण्डलादेखि पदमोदय मोड,हनुमानस्थान, सिंहदरवार अगाडीको सडकदेखि भद्रकाली मन्दिरछेवैको सेनाको पेट्रोलपम्पसम्म निषेधित घोषणा गरिएको छ ।
बनेश्वरस्थित संविधानसभा भवन वरपर, बानेश्वर चोकबाट शंखमुल, विजुलीबजारतर्फ जाने बाटो र हनुमानस्थान जाने सडकमा समेत सभा, जुलुस, प्रदर्शन र धर्नामा रोक प्रशासनले रोक लगाएको छ ।
स्रोत : कान्तिपुर