|

यात्रु बस पल्टिदा एक महिलाको घटनास्थलमै मृत्यु ६ यात्रु गम्भीर घाईते

 चितवन, मंसिर ६- नवलपरासीको अरुणखोला सडकमा मंगलबार बिहान माइक्रोबस सडकमा पल्टिदा एक महिलाको घटनास्थलमै मृत्युभएको छ। मृत्यु हुनेमा नवलपरासीको दुम्कीबास-१ की ३५ वर्षीया मित्रकला भण्डारी रहेकी छन्। दुर्घटनामा अरु ६ जना घाइते भएका छन्। 



घाइतेमध्ये प्रगतिनगरकी शोभा भण्डारीको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। बुटवलबाट नारायणगढ आउँदै गरेको ना१ख ३६५८ नम्बरको माइक्रको पट्टा भाँच्चिदा अनियन्त्रित भई सडकमै पल्टिएको थियो।सडकमा माइक्रो पल्टिदा च्यापिएर मित्रकलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ। घाइतेहरुको चितवनस्थित पुरानो मेडील कलेजमा उपचार भैरहेको प्रहरी सहायक निरीक्षक लोकराज खनालले जानकारी दिए।

यसैबीच नवलपरासीकै गैंडाकोटमा यात्रु बसले एक बालकलाई ठक्कर दिई गम्भीर घाइते तुल्याएको छ। गम्भीर घाइते गैंडाकोट कांग्रेसचोकका १३ वर्षीय बुद्ध लौडारीको चितवन मेडीकल कलेज भरतपुरमा उपचार भैरहेको छ।मंगलबार अपरान्ह भरतपुरबाट कावासोती जाँदै गरेको स्थानीय रुटको ना२ख ६६७० नम्बरको यात्रु बसले उनलाई ठक्कर दिएको थियो। ठक्कर दिने चालक र बस प्रहरी नियन्त्रणमा रहेको गैंडाकोट प्रहरीले जनाएको छ।
                                                                                                                                            स्रोत :नागरिक 

Posted by Butwalonline on 6:01 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "यात्रु बस पल्टिदा एक महिलाको घटनास्थलमै मृत्यु ६ यात्रु गम्भीर घाईते"

Leave a reply