|

कल्पना गुरुङलाई मिस तमु- २०११ को ताज


कास्की, मंसिर ११ - सुन्दरी प्रतियोगिताको होड चलिरहेको बेला पोखरामा शुक्रबार राति अबेर मिस तमु प्रतियोगिता

भयो । २४ प्रतिस्पर्धीलाई पाखा लगाउँदै शान्तिदीपकी २१ वषर्ीया कल्पना गुरुङले मिस तमु- २०११ को ताज पहिरिन । प्रा. डा. सुनीता तमु, निलिमा गुरुङ, सौन्दर्य विशेषज्ञ चिनु गुरुङ तथा सञ्चारकर्मी होम गुरुङ, गुरुङ नायिका जस्सु गुरुङ रहेको निणर्ायकमण्डलले उनलाई चुनेको हो । कल्पना पब्लिक हेल्थमा स्नातक गर्दै छिन् ।

तमु विद्यार्थी समितिले गरेको प्रतियोगितामा बेस्ट टाइटलसमेत पाएकी उनले बिन्ध्येश्वरी फर्निचरबाट १ लाख रुपैयाँ र एक वर्षका लागि ब्रान्ड एम्बेसडरको अवसर पनि पाइन् । प्रतियोगितामा जनपि्रय क्याम्पस पढ्दै गरेकी अनुजा गुरुङ फस्ट रनरअप भइन्, उनले २५ हजार रुपैयाँसहितको उपहारहरू थापिन् । जनपि्रयकै सुषमा गुरुङले सकेन्ड रनरअप र फोटोजेनिकको टाइटल पाइन् । वीना तमुले मिस ट्यालेन्ट र लक्ष्मी गुरुङ दर्शक छनोट अवार्ड पाइन् ।
                                                                                                                                                                                             स्रोत :कान्तिपुर  

Posted by Butwalonline on 7:44 AM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कल्पना गुरुङलाई मिस तमु- २०११ को ताज"

Leave a reply