|

मालवाहक गाडीको भाडा बृद्धि हुने

रूपन्देही,१० मंसिर । नेपाल ट्रक टयाङक तथा परिवहन महासंघका केन्द्रिय अध्यक्ष अर्जुन रानाभाटले मालवाहक गाडीको ढुवानी भाडा बढाईने बताएका छन् ।उनले ५७ रुपैयाँ डिजेलका मूल्य हुदा र अहिले ७५/७६ रुपैया प्रतिलिटर मूल्य पुग्दा पनि ढुवानी भाडा उतिनै रहेको भन्दै महासंघले भाडा बढाउन पहल थालिसकेको बताए । पश्चिमाञ्चल यातायात ब्यवसायी समिति बुटवलको बाह्रो साधारणसभामा बोल्दै अध्यक्ष रानाभाटले १७ प्रतिशत भाडा बढाउन मन्त्रालयलाई सिफरिस गरिसकेको र त्यसको सनुवाई नभएपनि महासंघले चाडै लागु गर्ने बताएका हुन ।

राज्यको बेवास्ताका कारण मालवाहक गाडि ब्यवसायी निकै मारमा परेको उनको भनाई छ । नेपाली ट्रकहरुले ओभरटन लोड गर्दा जरिवाना दिनुपर्ने तर भारतीय गाडि भने निर्वाध ओभर लोड बोकर पनि संचालन हुन पाउने निति तत्तकाल रोक्न उनले माग गरे । भाडा बृद्धिको माग स्वभाविक र आवश्यकि रहेको भन्दै भाडा बृद्धि गर्दैमा मूल्य बृद्धिमा असर नपर्ने दावी समेत गरे ।

रुपन्देहीका निमित्त प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले ट्रक र ट्याङकर ब्यवसायिहरुको समस्यालाई लिपिबद्ध गरि प्रशाशनमा छलफल गरि टुङग्याउन सकनिे आश्वासन दिए । पश्चिमाञ्चल क्षेत्रका ढुवानी ब्यवसायिहरुको सहभागिता रहेको साधारणसभामा समितिका बुटवल अध्यक्ष लोकराज पोखरेलले राज्यले ब्यवसायिहरुको लगानीको प्रबद्र्धन र सुरक्षाका लागि स्पष्ट निति ल्याउनुपर्ने बताए । उनले देशभर ढुवानी गर्दै आएका ब्यवसायिहरुको समस्यामा राज्य गम्भिर नभएको भन्दै अहिलेको महगी र समयाअनुकुल भाडा समयोजन गनुपर्नेमा जोड दिए । महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष हिरालाल श्रेष्ठले सरकारले यातायात मन्त्रालय गठन नगरेसम्म आफुहरुको समस्या हल नहुने बताए । साथै उनले ब्यवसायिक सुरक्षा र प्रवद्र्धनको लागि राज्यले स्पष्ट निति र मार्गचित्र कोरिदिनुपर्ने बताए ।

महासचिव राजेन्द्र कुमार श्रेष्ठले महासंघले सिफारिस गरेको भाडा मन्त्रालयले कार्यान्वयन नगरे पनि एक महिनाभित्रमा भाडा बृद्धि लागु गरेरै छाड्ने दृढता ब्यक्त गरेका छन् । कार्यक्रममा पुर्व सांसद सुर्य प्रसाद प्रधान,महासंघका पुर्व सचिव एंव माओबादीका केन्द्रिय सदस्य भक्ति पाण्डेले राजनितिक अस्थिरता विना कुनै पनि क्षेत्रको विकास नहुने भन्दै यसको लागि सबै पक्षको एकता जरुरी रहेकोमा जोड दिए । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य चोप नारायण श्रेष्ठ,बुटवल नगरपालिकाका बरिष्ठ अधिकृत विष्णु खनाल,रुपन्देही प्रहरी प्रमुख रविन्द्र रेग्मी,पश्चिम नेपाल बस ब्यवसायि समितिका दधिराम खरेल,यातायात मजदुर तथा भलाई कोषका चिन बहादुर गुरुङ,बुटवल उद्योग बाणिज्य संघका सुरेन्द्र श्रेष्ठ,रुपन्देही उद्योग संघका तेज कुमार पाठक,रुपन्देही ब्यपार संघका टंक पोखरेल,नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दीपक ज्ञवाली,जिफन्टका हरि बहादुर कार्की,नेपाल ट्रेड यूनियन काग्रेसका काजीमान श्रेष्ठ,समितिका महासचिव श्याम न्यौपाने लगायतले बोल्दै ब्यवसायको समस्याको समाधानको लागि राज्य नै गम्भिर हुनुपर्नेमा जोड दिएका थिए । साथै समतिले बार्षिक साधारण सभाको अवसरमा विभिन्न संघसंस्थाहरुलाई सम्मानपत्र तथा मायाको चिनो समेत प्रदान गरेको थियो ।

Posted by Butwalonline on 7:30 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मालवाहक गाडीको भाडा बृद्धि हुने"

Leave a reply